• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

टी–२० विश्वकपः भारतले जिम्बावेलाई दियो १८७ रनको लक्ष्य



MELBOURNE, AUSTRALIA – NOVEMBER 06: Suryakumar Yadav of India bats during the ICC Men’s T20 World Cup match between India and Zimbabwe at Melbourne Cricket Ground on November 06, 2022 in Melbourne, Australia. (Photo by Daniel Pockett-ICC/ICC via Getty Images)

एजेन्सी । आइसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत भारत र जिम्बावेबीचको खेल जारी छ ।

मेलबर्न क्रिकेट ग्राउन्डमा भारतले टस जितेर ब्याटिङ थाल्दै जिम्बावेलाई १८७ रनको लक्ष्य दिएको छ ।

भारतले २० ओभरमा ५ विकेटको क्षतिमा १८६ रन जोड्यो । भारतका लागि सुर्यकुमार यादवले २५ बलमा ६१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै, के एल राहुलले ३५ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३ चौका र ३ छक्का प्रहार गरे । रोहित शर्माले १३ बलमा १५, विराट कोहलीले २५ बलमा २६ तथा हार्दिक पाण्ड्याले १८ बलमा १८ रन बनाए ।

जिम्बावेका सिन विलियम्सले २ तथा शिकन्दर राजा, रिचर्ड एन्गरवा र ब्लेसिङ मुजारावानीले एक–एक विकेट लिए ।