२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई बहुमत माग्दै दार्चुला, बैतडी र कञ्चनपुरको सभामा ओली- फोटो फिचर



अ+ अ-

महेन्द्रनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताउनुभएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार साँझ आयोजित चुनावीसभामा उहाँले विकास, शान्ति, जनता र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक रहेको बताउनुभयो ।

“एमाले एक्ललैले बहुमत ल्याउन परेको छ”, अध्यक्ष ओलीले भन्नुभयो, “अनि मात्रै देशमा विकासको अभियान चल्न सक्छ ।”

विगतमा एमाले पहिलो वा दोस्रो पार्टी हुने गरेको भए पनि बहुमत नपाएको उहाँले स्पष्ट गर्नुभयो । “अहिले २०७४ सालमा बमुहत प्राप्त गरेर सरकार चलाउन सकेन भनेर हल्ला हुँदैछ”, उहाँले भन्नुभयो, “०७४ मा प्रत्यक्षतर्फ एमालेलाई १६५ मा ८०, समानुपातिकतर्फ ११० मा ४१ सिट मात्रै आयो ।”

उहाँले अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ तीन सिट र समानुपातिकतर्फ १४ सिट बहुमतका लागि अपुग रहेको बताउनुभयो । मुलुक सञ्चालनका लागि टालाटुली नभई सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको उहाँको भनाइ थियो ।