
काठमाडौं । कृषि तथा पशुपन्छि विकास मन्त्री महिन्द्रराय यादवले एक सय दिनको काम सार्वजनिक गर्नु भएको छ ।
सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कृषि मन्त्री भएर एक सय दिनमा कृषि क्षेत्रमा गरेका कामको बारेमा सार्वजनिक गर्नु भएको हो । एक सय दिनको काम सार्वजनिक कार्यक्रममा बोल्दै कृषि मन्त्री यादवले मन्त्री भएको एक सय दिनमा अघिल्लो सरकारको तुलनामा राम्रो काम गरेको बताउनु भयो ।
उहाँले किसानले बाली लगाउने बेलामा बीउको समस्या समाधान गर्ने काम गरेको बताउनु भयो । मन्त्री यादवले किसानले गहुँ लगाउने समयमा ५ सय क्विन्टल बीउ नपाएको अवस्थामा सरकारले समयमा नै बीउ उपलब्ध गराउने काम गरेको बताउनु भयो । उहाँले धानको उत्पादन र उत्पादन क्षेत्र वृद्धि गर्नु सरकारको दायित्व भएकाले त्यसको लागि काम गरिरहेको जानकारी दिनु भयो ।
नयाँ सरकार गठनपछि मल खोज्ने किसानलाई खाली हात नपठाएको दाबी गर्नु भयो । उहाँले सरकारसँग अहिले पनि गोदाममा मल मौज्दात रहेको जानकारी दिनु भयो । उहाँले अब सरकारले किसानको बैंक खाता तथा हात–हातमा अनुदान रकम पु¥याउने प्रक्रिया थालनी गरेको बताउनु भयो । सरकारले किसानलाई कृषि अनुदान दिँदा अख्तियार तथा मुद्धा लाग्ने गरेकाले अनुदान रोकिएकाले किसानलाई सहुलियत दिने तयारी सरकारले गरेको बताउनु भयो ।
मन्त्री यादवले भन्नुभयो,‘अघिल्लो सरकारले भन्दा यो सरकारले कृषिक्षेत्रका राम्रो प्रगति गरेको छ । कृषि बीउविजन समयमा नै उपलब्ध गराएको छ । किसानले गहुँको ५ सय क्विन्टल बीउ किसानले लिन नकिरहेका थिएनन् । पछि सरकारले त्यसको व्यवस्था गरेको छ । अन्य क्षेत्रमा नीजि क्षेत्रसँग सहकार्य गरेर काम गरिरहेका छौँ । धानको उत्पादन गर्ने, उत्पादन क्षेत्र वृद्धि गर्ने सरकारको दायित्व हो । यसलाई समय सापेक्ष नीतिगत हिसावमा समयमा नै सरकारले मल खादको जति राजनीतिकरण गरेर भ्रम कुरा गरेको थियो ।
तर अहिले पनि सरकारसँग ३ देखि ४ हजार मेटिकटन मल गोदाममा रहेको छ । तर किसानले माग जति प्राप्त मात्रै छैन । तर किसानलाई सरकारले खाली हात पठाएको छैन । मलमा आउने अनुदान कम गदै जाने र जुन किसानले काम गरेको छ त्यही किसानको खाता र हातमा अनुदान पु¥याउने काम गर्ने छ । बीचमा किसानको हातमा पुग्ने गरेको थिएन । अब कसरी पु¥याउने भन्ने गम्भिर छलफलमा छौँ । अहिले सरकारले कृषिमा धेरै अनुदानहरु रोकेका छौँ । धेरै अनुदानहरु अख्तियारमा पुग्छ । धेरै मुुद्धा लाग्ने गरेको छ । त्यसैले अनुदान भन्दा पनि किसानलाई सहुलियत रुपमा कृषि सामाग्रीहरु उपलब्ध गराउने योजनामा छौँ । समय सापेक्ष अनुसार नीतिहरु परिमार्जण गदै सरकार अगाडि बढ्छ । मन्त्रालयले नयाँ नयाँ काम गदै जाने छ ।’
कृषि मन्त्रीले एक सय दिनमा नीतिगत तथा कानूनी व्यवस्था, बाली÷बस्तुको (धान,उखु, कफी,कच्चा दुध)को मूल्य निर्धारण गरेको उल्लेख गर्नु भएको छ । त्यस्तै, बेमौसमी वर्षा प्रभावित कृषकहरुलाई राहत समन्वय,रासायनिक मल आयात र बिक्रि सहजिकरण ,गुणस्तर नियमन, नयाँ जोन र पकेट स्थापना लगायतका काम गरेको जानकारी दिनु भएको छ ।