१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

कृषि मन्त्रीको सय दिनको काम सार्वजनिक

कृषि मन्त्रीको सय दिनको काम सार्वजनिक
अ अ+ अ-

काठमाडौं । कृषि तथा पशुपन्छि विकास मन्त्री महिन्द्रराय यादवले एक सय दिनको काम सार्वजनिक गर्नु भएको छ । 

सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कृषि मन्त्री भएर एक सय दिनमा कृषि क्षेत्रमा गरेका कामको बारेमा सार्वजनिक गर्नु भएको हो । एक सय दिनको काम सार्वजनिक कार्यक्रममा बोल्दै कृषि मन्त्री यादवले मन्त्री भएको एक सय दिनमा अघिल्लो सरकारको तुलनामा राम्रो काम गरेको बताउनु भयो । 

उहाँले किसानले बाली लगाउने बेलामा बीउको समस्या समाधान गर्ने काम गरेको बताउनु भयो । मन्त्री यादवले किसानले गहुँ लगाउने समयमा ५ सय क्विन्टल बीउ नपाएको अवस्थामा सरकारले समयमा नै बीउ उपलब्ध गराउने काम गरेको बताउनु भयो । उहाँले धानको उत्पादन र उत्पादन क्षेत्र वृद्धि गर्नु सरकारको दायित्व भएकाले त्यसको लागि काम गरिरहेको जानकारी दिनु भयो । 

नयाँ सरकार गठनपछि मल खोज्ने किसानलाई खाली हात नपठाएको दाबी गर्नु भयो । उहाँले सरकारसँग अहिले पनि गोदाममा मल मौज्दात रहेको जानकारी दिनु भयो ।  उहाँले अब सरकारले किसानको बैंक खाता तथा हात–हातमा अनुदान रकम पु¥याउने प्रक्रिया थालनी गरेको बताउनु भयो । सरकारले किसानलाई कृषि अनुदान दिँदा अख्तियार तथा मुद्धा लाग्ने गरेकाले अनुदान रोकिएकाले किसानलाई सहुलियत दिने तयारी सरकारले गरेको बताउनु भयो ।

मन्त्री यादवले भन्नुभयो,‘अघिल्लो सरकारले भन्दा यो सरकारले कृषिक्षेत्रका राम्रो प्रगति गरेको छ । कृषि बीउविजन समयमा नै उपलब्ध गराएको छ । किसानले गहुँको ५ सय क्विन्टल बीउ किसानले लिन नकिरहेका थिएनन् । पछि सरकारले त्यसको व्यवस्था गरेको छ । अन्य क्षेत्रमा नीजि क्षेत्रसँग सहकार्य गरेर काम गरिरहेका छौँ । धानको उत्पादन गर्ने, उत्पादन क्षेत्र वृद्धि गर्ने सरकारको दायित्व हो । यसलाई समय सापेक्ष नीतिगत हिसावमा समयमा नै सरकारले मल खादको जति राजनीतिकरण गरेर भ्रम कुरा गरेको थियो । 

तर अहिले पनि सरकारसँग ३ देखि ४ हजार मेटिकटन मल गोदाममा रहेको छ । तर किसानले माग जति प्राप्त मात्रै छैन । तर किसानलाई सरकारले खाली हात पठाएको छैन । मलमा आउने अनुदान कम गदै जाने र जुन किसानले काम गरेको छ त्यही किसानको खाता र हातमा अनुदान पु¥याउने काम गर्ने छ । बीचमा किसानको हातमा पुग्ने गरेको थिएन । अब कसरी पु¥याउने भन्ने गम्भिर छलफलमा छौँ । अहिले सरकारले कृषिमा धेरै अनुदानहरु रोकेका छौँ । धेरै अनुदानहरु अख्तियारमा पुग्छ । धेरै मुुद्धा लाग्ने गरेको छ । त्यसैले अनुदान भन्दा पनि किसानलाई सहुलियत रुपमा कृषि सामाग्रीहरु उपलब्ध गराउने योजनामा छौँ । समय सापेक्ष अनुसार नीतिहरु परिमार्जण गदै सरकार अगाडि बढ्छ । मन्त्रालयले नयाँ नयाँ काम गदै जाने छ ।’

कृषि मन्त्रीले एक सय दिनमा नीतिगत तथा कानूनी व्यवस्था, बाली÷बस्तुको (धान,उखु, कफी,कच्चा दुध)को मूल्य निर्धारण गरेको उल्लेख गर्नु भएको छ । त्यस्तै, बेमौसमी वर्षा प्रभावित कृषकहरुलाई राहत समन्वय,रासायनिक मल आयात र बिक्रि सहजिकरण ,गुणस्तर नियमन, नयाँ जोन र पकेट स्थापना लगायतका काम गरेको जानकारी दिनु भएको छ ।