एजेन्सी । कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ सुरु हुन केहीदिन मात्र बाँकी रहेको छ ।
यसैबीच, उपाधि दावेदार मानिएको जर्मनीलाई मुख्य खेलाडी टिमो वेर्नरको चोटको कारण ठूलो धक्का लागेको छ ।
बुधबार भएको च्याम्पियन्स लिगको खेलका दौरान चोट बोकेपछि फरवार्ड वेर्नरले विश्वकप गुमाउने भएका हुन् । २६ वर्षीय फरवार्डले जर्मनीका लागि ५५ खेलमा २४ गोल गरेका थिए ।
आरबी लाइप्जिगका लागि राम्रो लयमा रहेका वेर्नरको एन्कलमा चोट लागेको हो । उनी अब अर्को वर्ष मात्र फर्कने क्लबले जनाएको छ । जर्मनीले २३ नोभेम्बरमा जापानविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्दैछ ।
जर्मनीबाट २०१८ को फिफा विश्वकप र युरो २०२० मा सानदार प्रदर्शन गरेका वेर्नरले विश्वकप गुमाउने भएपछि जर्मनीलाई धक्का लागेको हो ।