• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट

सन्दीपको पक्षमा दरो प्रमाण पेस गरेका छौँः अधिवक्ता रिजाल



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

बुधवारबाट जारी थुनछेक बहस आजपनि नसकिएपछि लामिछानेबिरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवाश पाठक र लव मैनालीले बहस गर्नुभएको थियो । सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग भएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपबिरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकीर गरेका छन् । भोलि (शुक्रवार) पीडित किशोरी पक्षका वकील र सरकारी वकीलहरुले बहस गर्नुहुनेछ ।

आजको बहसपछि सञचारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताउनु भयो । उहाँले आज सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि बहस गर्नुभएको बताउनु भयो । उहाँले पीडित भनिएकी किशोरीको अस्पतालको कागज र संशोधित जन्मदर्ता, बसाईंसराईको कागजबाट पनि किशोरी नाबालिका होइनन् भन्ने पुष्टि हुने दाबी गर्नुभयो । बाँकी निर्णयका लागि भने अदालतको फैसला नै कुर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले सन्दीप लामिछानेको पक्षमा आफूहरुले दरो प्रमाण पेस गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले थुनछेक बहस ग-यौं, ४ जना वरिष्ठ अधिवक्ता र मुरारीजी र हामीले थुनछेक बहस ग-यौं । हामीले पुरानै प्रमाणहरु दलील ग-यौं । दुई वटा जन्मदर्ताका कुराहरु, बाँकी कुराहरु जुन सन्दीप लामिछानेले बयान दिनुभएको थियो । घुम्न गएको, होटलमा बसेको तर करणी भएको होइन भन्ने किसिमका पस्केका छौँ । अन्तिममा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठजीको बहस ४ः३० बजेसम्म भयो । भोलि सरकारी पक्षका वकीलहरुको जवाफ बाँकी छ ।

फस्ट आवरमा उहाँहरुले जवाफ पेस गर्नुहुनेछ । त्यसपछि मात्रै कोर्टले आफ्नो निर्णय सुनाउँछ । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा, सविताजीलगायतले बहस गरेका थियौँ । पीडित भनिएकी किशोरी नाबालिग होइनन् भन्नेकुरा पहिल्यै मैले किटानका साथ भनेकी थिएँ । उनको अस्पतालको कागज र उनको संशोधित जन्मदर्ता, बसाईंसराईको कागजबाट उनी नाबालिका होइनन् भन्ने पुष्टि हुन्छ । सन्दीप लामिछानेको पक्षमा हामीले दरो प्रमाण पेस गरेका छौँ ।’

अधिवक्ता रिजालले शुक्रवार पनि थुनछेक बहस हुने र सरकारी वकील र सन्दीप पक्षधर वकीलले बहस गर्ने बताउनु भयो । सन्दीपबिरुद्धको अभियोग जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाई भइरहेको छ । बुधवारदेखि नै थुनछेक बहस शुरु भएपनि क्रिकेटर लामिछाने पक्षबाट कानून व्यवसायी धेरै भएकाले बहस लम्बिएको छ ।