२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला एशियन कप छनोट खेलमा नेपाल समूह बी



अ+ अ-

काठमाडौँ । एएफसी यु–२० (२० वर्षमुनि) उमेर समूहको महिला एशियन कप छनोट खेलमा नेपाल समूह बी मा परेको छ ।

एशियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह बी मा परेको हो । नेपालको समूहमा प्यालेष्टाइनल, संयुक्त अरब इमिरेट्स (युएई) र नर्दन मारियाना आइल्याण्ड छन् । समूह बी को खेल प्यालेष्टाइनले आयोजना गर्नेछ । उक्त खेल आगामी मार्च ४ देखि १२ तारिखसम्म सञ्चालन हुनेछ ।

छनोट खेलमा सहभागी ३१ राष्ट्रका खेलाडीलाई आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता टोलीले दोस्रो चरणका लागि स्थान बनाउनेछन् । दोस्रो चरणमा उत्कृष्ट हुने चार टोलीले सन् २०२४ को मार्च ३ देखि १६ तारिखसम्म उज्वेकिस्तानमा आयोजना हुने यु–२० महिला एशियन कपमा सहभागिता जनाउनेछन् ।