५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं क्षेत्र नं. २ मा गठबन्धनका उम्मेदवारहरुको घरदैलो शुरु



अ+ अ-

काठमाडौं ।काठमाडौं क्षेत्र नं. २ मा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले घरदैलो शुरु गरेका छन् ।

गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले बिहीवारदेखि संयुक्त रुपमा घरदैलो शुरु गरेका हुन् ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्ती, क्षेत्र नं. २ (क) का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली काँग्रेसका नेता ध्रुव केसी र क्षेत्र नं. २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का नेता भरतप्रसाद फुँयालसहित गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्ताको टोलीले घरदैलो गरेको हो ।

टोलीले बिहीवार पेप्सीकोलादेखि नरेफाँटसम्म घरदैलो गरेको छ । घरदैलोको क्रममा हाते माइकबाट उम्मेदवारहरु घरदैलोमा आउनुभएको भन्दै प्रचार गरिएको थियो भने आ–आफ्नो पार्टीको चुनाव चिन्ह अंकित झण्डा पनि बोकिएको थियो । सहभागी नेता, कार्यकर्ताहरुले ‘आयो, आयो, गठबन्धन आयो’ भन्दै नाराबाजीसमेत गरेका थिए ।

मतदाताको घर–घरमा नमस्ते गर्दै पुगेका उम्मेदवारहरुले गठबन्धनका उम्मेदवारहरुलाई मत दिन आग्रह गरिरहेको देख्न सकिन्थ्यो ।