१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दसूचीमा कायम भएका उम्मेदवार संख्याको आधारमा कुन दलले कति निर्वाचन खर्च गर्न पाउँछन् ? (सूची सहित )



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने राजनीतिक दललाई बन्दसूचीमा कायम भएको उम्मेदवारको संख्याको आधारमा निर्वाचन खर्चको अधिकतम हद कायम गरेको छ ।

राजनीतिक दलको तर्फबाट हुने निर्वाचन सम्बन्धी स्वेच्छिक आर्थिक सहयोग लिँदा तथा खर्च गर्दा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३८ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ बमोजिम गर्न, राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा दलको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसी सहितको विवरण १० दिनभित्र आयोगमा पठाउनु पर्ने निर्णय पनि आयोगले गरेको छ ।

निर्वाचन प्रचारप्रसार खर्चको विवरण तोकिएको समयभित्र नबुझाउने राजनीतिक दललाई आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा ९१० बमोजिम त्यस्तो दलले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम जरिवाना गर्ने व्यवस्था छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेश गर्ने प्रत्येक राजनीतिक दलले मिति २०७९/०६/३१ को नेपाल राजपत्रमा प्रकाशित निर्वाचन खर्चको हद सम्बन्धी सूचना बमोजिम मतदाता नामावली खरिद, सवारी साधन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवम् विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका शीर्षकमा खर्च गरेको विवरण प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची –३४ र प्रदेश सभा सदस्य निर्वाचनको हकमा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची –३६ बमोजिमको ढाँचामा तयार गरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोगमा पेश गर्नु पर्ने व्यवस्था गरिएको छ ।