२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटः गण्डकीको दोस्रो जित



अ+ अ-

कीर्तिपुर । काठमाडौंंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।

यसअघि भएको पहिलो खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि ६९ रनको जित निकाल्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको थियो । गण्डकीले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ७६ रन बनाउन सक्यो ।

कर्णालीका हिमांसु शाहीले ६९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीको जितका लागि पर्याप्त भएन । उनले १ सय १६ बलको सामना गर्दा ८ चौका प्रहार गरेका थिए । कप्तान रविन्द्र शाहीले ४२ रन जोड्दा प्रकाश जैसीले १५ रन बनाए । गण्डकीका सुवास भण्डारी र चन्द्र पौडेलले ३÷३ विकेट लिए । विपिन खत्रीको नाममा २ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । गण्डकीका लागि अभिषेक बस्नेतले ५१ रनको अर्धशतकीय इनिङ खेले । ४५ बल खेलेका अभिषेकले ८ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै अर्जुन कुमालले ४९ रन जोड्दा विधान श्रेष्ठले ४६ रन बनाए ।

सुवास भण्डारी १४ रनमा आउट भए । कर्णालीका अनुज चुनाराले ४ विकेट लिए । प्रकाश जैसी र दिनेश अधिकारीले २ विकेट निकाले । जितसँगै समूह ए को गण्डकीले २ खेलमा ४ अंक जोडेको छ । गण्डकी समूहको दोस्रो स्थानमा रहेको छ । उता कर्णालीले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

यस्तै बुधवार नै भएको अर्को खेलमा ज्ञानेन्द्र मल्लको टोली वागमती प्रदेश लुम्बिनी प्रदेशसँग ८ विकेटले पराजित भएको छ । यससँगै वागमतीले लगातार तेस्रो हार भोगेको छ ।

बुधवार मुलपानी क्रिकेट मैदानमा वागतमीले प्रश्तुत गरेको १ सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५।४ ओभरमा मात्र दुई विकेट क्षतीमा पूरा ग¥यो । पहिलो खेलमा नेपाल पुलिस क्लवसँग पराजित भएको वागतमी दोस्रो खेलमा प्रदेश १ सँग निराश भएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले अविजित ७७ रन जोड्दा प्रजोल थापाले २९ रन जोडे । देवले १ सय १९ बलमा ८ चौका र २ छक्का प्रहार गरे । त्यस्तै सन्दीप रजाइलीले पनि अविजित २९ रन जोडे । वागतमीका प्रतिश जिसी र रिजन ढकालले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको वागमतीले ३८.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रनको योगफल बनाएको थियो । वागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३३, दुर्गेश थापाले ३२ र ओपनर आशुतोषले २२ रन जोडे । ज्ञानेन्द्रले ४६ बलमा चार चौका र एक छक्का प्रहार गर्दा दुर्गेशले ४९ बला ४ चौका र १ छक्का प्रहार गरे ।

वागमतीका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोर अंकको स्कोर बटुल्न सकेनन् । लुम्बिनीका अनिल खरेलले सर्वाधिका ४ विकेट निकाल्दा विशाल विक्रम केसी र अभिषेक गौतमले समान २÷२ विकेट लिए ।

जितसँगै लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ । लुम्बिनी समूह ‘बी’ को दोस्रो स्थानमा रहेको छ । वागमती ३ खेलमा अंक विहीन रहँदै पुछारमा रहेको छ । पुलिस ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा प्रदेश १, २ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

प्रतियोगितामा बिहीवार पनि दुई खेल हुनेछन् । मुलपानी क्रिकेट मैदानमा मधेस प्रदेश र प्रदेश १ तथा कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिसबीच खेल हुनेछ ।