२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरीलिवोनसँगको खेल, नेपाली खेलाडीलाई सिकाइ र अवसर



अ+ अ-

कास्की । क्रिकेटको पुरानो क्लब बेलायतको मेरीलिवोन क्रिकेट क्लब (एमसिसी)को महिला टोली अहिले नेपालमा छ । नेपाली महिला टोलीसँग क्रिकेट खेल्न सो टोली नेपाल आएको हो ।

यही कात्तिक ५ गतेदेखि नेपाल भ्रमणमा रहेको एमसिसीको टोलीले छ मैत्रीपूर्ण खेल खेल्यो । उसले दुई खेल जितेर चारवटा हा¥यो । आइसिसीको यु–१९ र मिक्स ११ टोलीलाई हराएको एमसिसीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ ९क्यान–११० सँगको सबै खेल भने हा¥यो ।

खेलमा हारजितभन्दा पनि अनुभव आदान–प्रदान उदाहरणीय बनेको नेपाली टोलीकी कप्तात रुबिना क्षेत्रीले बताउनुभयो । “खेल जिते पनि हामीले राम्रो खेल्न सकेनौँ, हामीलाई ४० ओभरको क्रिकेट खेल्ने बानी छैन”, उहाँले भन्नुभयो, “क्रिकेटको पुरानो क्लबसँग खेल्नु ठूलो कुरा हो, उहाँहरूबाट धेरै सिकियो ।”

एमसिसीको टूर नेपाल आउनु आफूहरूका लागि सिक्ने अवसर भएको प्रशिक्षक जगत् टमाटाले बताउनुभयो । “एमसिसीले एकदमै राम्रो टोली लिएर आएको थियो, उहाँहरूसँग खेल्दा खेलाडीमा आत्मविश्वास बढेको छ”, उहाँले भन्नुभयो, “सबै खेल जित्यौँ, हाम्रा लागि राम्रो रह्यो ।” टोलीसँग खेलेर ४० ओभर खेल कसरी खेल्ने, आफूलाई मानसिकरूपमा कसरी तयार गर्ने र फिटनेसमा के कति ध्यान दिनुपर्ने रहेछजस्ता विषयमा ज्ञान बढेको टमाटाको भनाइ छ ।

विश्वकप खेलिसक्नुभएका खेलाडीसँग खेल्न पाउँदा नेपाली खेलाडीले क्रिकेटसम्बन्धी धेरै कुरा सिक्न पाएको नेपाल क्रिकेट सङ्घ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । “एमसिसीमा इङ्ग्याण्डबाट विश्वकप खेलिसकेका खेलाडी थिए । हाम्रा खेलाडीले इङ्ग्याण्डका खेलाडीबाट अनुभव लिन पाए”, उहाँले भन्नुभयो, “अनुभवी खेलाडीसँग खेलेर जितेपछि हाम्रा चेलीहरूमा आत्मविश्वास बढेको छ ।” यो प्रतियोगिताले नेपाली खेलाडीको कमजोरी पनि देखाएको छ, जसलाई सुधार गरेर जाने अवसर मिलेको उहाँ बताउनुहुन्छ ।

पोखरामा माछापुच्छ«े र अन्नपूर्ण हिमाल हेर्दै खेल्न पाउँदा निकै खुसी लागेको एमसिसीका व्यवस्थापक क्लेरी टेलरले बताउनुभयो । नेपाली टोली पनि राम्रो भएकाले खेल निकै प्रतिस्पर्धात्मक बनेको उहाँको प्रतिक्रिया थियो । क्रिकेटको जननी बेलायतको मेरीलिवोन क्रिकेट क्लबले दुई सय ३५ वर्षको इतिहास बोकेको छ । यो क्रिकेट क्लब सन् १७८७ मा स्थापना भएको हो ।