६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

५५ प्रतिशतले घटे वैदेशिक रोजगारीमा जाने कामदार



अ+ अ-

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ । गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ ।

अघिल्लो आव २०७६/७७ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २८ प्रतिशतले घटेको थियो । यो क्रमले गत आवमा पनि निरन्तरता पाएको छ ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनअनुसार गत आवमा १ लाख ६६ हजार ६९८ जना नेपाली कामदार मात्र वैदेशिक रोजगारीमा गएका छन् ।

अघिल्लो आव २०७६/७७ मो भने ३ लाख ६८ हजार ४३३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए । आव २०७५/७६ मा पनि त्योभन्दा बढी अर्थात् ५ लाख ८ हजार ८२८ जना नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाएको छ ।

श्रम स्वीकृतिको नवीकरण गरेर र नयाँ श्रम स्वीकृति लिएर गत आवमा त्यो बराबर कामदार वैदेशिक रोजगारीमा गएका हुन् । गत आवमा ७२ हजार ८१ जना नयाँ कामदार (नयाँ श्रमस्वीकृत लिएका) वैदेशिक रोजागरीमा गएका छन् । अघिल्लो आवमा भने १ लाख ९० हजार ४५३ जना नयाँ कामदार वैदेशिक रोजगारीमा गएका थिए ।

गत आवमा नेपालीहरू वैदेशिक रोजगारीको लागि ११६ देशमा गएको देखिन्छ । यूएई, जापान, रोमोनिया, मलेशिया, कतार, साउदी, बहराइन, दक्षिण कोरिया, साइप्रसलगायत मुलुकमा नेपाली कामदार गएका छन् ।

सबैभन्दा बढी कामदार कतारमा गएका छन् । गत आवमा कतारमा कुल ५४ हजार ९१५ जना कामदार गएका छन् । दोस्रो स्थानमा रहेको साउदी अरबमा भने ४६ हजार ९६० जना कामदार गएका छन् । यसैगरी यूएईमा ४० हजार ४७७ कामदार गएको विभागको तथ्यांकले देखाएको छ ।

सामान्य अवस्थामा नेपालबाट वार्षिक ४/५ लाख कामदार वैदेशिक रोजगारीमा जाने गर्छन् । तर, पछिल्लो दुई आवमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ७बकथmउसवात्तै घटेको छ, यसको मुख्य कारण कोरोना महामारी रहेको विभागले बताएको छ ।

विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले मुख्यतः कोरोना महामारीकै कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको बताए । ‘विश्वव्यापी रूपमा पैmलिएको कोरोना भाइरस नियन्त्रण गर्न नेपालसहित विश्वका अधिकांश मुलुकमा बन्दाबन्दी लगाइयोको समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।