२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटन बाध्यात्मकः ओली



file
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन बाध्यात्मक भएको टीप्पणी गरेका छन् ।

मंगलबार नेकपा एमालेले राखेको घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेभित्र विगतमा अराजक तत्व रहेको भन्दै बाध्यात्मक अवस्थामा प्रतिनिधि सभा विघटन गरेको बताएका हुन् ।

संसद विघटन हुनु र दुई तिहाइको सरकार ढल्नुको कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजावादीका अध्यष माधवकुमार नेपाललाई दोष दिँदै ओलीले आफूलाई सडकबाट नेकपाको साधरण सदस्यबाट समेत निस्कासन गरिएको बताए ।

उनले सडकबाट समेत अराजक गतिविधि हुन थालेपछि प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचन घोषणा गर्नु पर्ने बाध्यात्मक परिस्थिति निर्माण भएको पनि बताए ।

सर्वोच्चको आदेशबाट देउवा नेतृत्व सरकार बन्नु अराजक र अलोकतान्त्रिक भएको ओलीको भनाई छ ।