६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिएसपीसहित तीन दर्जन प्रहरी तानिए अनुसन्धानमा



अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई  अनुसन्धानको दायरामा तानेको छ ।

यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र लिक भएको आशंकापछि प्रधान कार्यालयले जारी राखेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

अनुसन्धानबाट अहिलेसम्म प्राप्त सूचनाअनुसार प्रधान कार्यालयबाट साइबर ब्युरोमा सुरुवा भएका कुमार शाह र यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमको सो प्रकरणमा मुख्य संलग्नता देखिएको छ । उनीहरु दुबै जना आन्तरिक नियन्त्रणमा रहेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।