५ श्रावण २०८३, मंगलवार
,
Latest
नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैँसेपाटीमा झुण्डिएको अवस्थामा फेला परेकी महिलाको हत्या भएको निष्कर्ष, श्रीमान् पक्राउ



अ+ अ-

काठमाडौं । ललितपुरको भैँसेपाटीस्थित नख्खुडोलमा झुण्डिएको अवस्थामा फेला परेकी एक महिलाको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

तीन दिनअघि नख्खुडोलस्थित आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएकी २८ वर्षीया वसन्ती कुमालको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको हो।

प्रहरीका अनुसार वसन्तीको हत्या आरोपमा उनका २९ वर्षीय श्रीमान् राम कुमाल पक्राउ परेका छन् । आपसी विवादपछि कुमालले श्रीमतीको घाँटी थिच्नुका साथै टाउकोमा ताल्चाले हिर्काएर श्रीमतीको हत्या गरेका थिए ।

त्यस दिन मादक पदार्थ सेवन गरेका कुमालले श्रीमतीमाथि पहिल्यैदेखि शंका गर्दै आएको र त्यही विषयमा विवाद हुने गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । हत्यापश्चात आत्महत्याजस्तो देखाउन कुमाललेले श्रीमतीलाई झुन्ड्याएको ललितपुर प्रहरीले बताए ।

कुमालदम्पती दुवैजना काठ कारखानाका मजदुर हुन् । उनीहरूका ७ वर्षका छोरा छन् ।