३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापती देउवालाई महामन्त्रीले राखे यस्तो प्रस्ताव, के मान्लान त देउवा ?



अ+ अ-

काठमाडौं । कांग्रेस महामन्त्री डा शशांक कोइरालाले पार्टीको १४औँ महाधिवेशन मङ्सिरमा गर्न प्रस्ताव गरेका छन् । उनले कोभिड–१९ को समस्या रहेकाले मङ्सिरमा गरौँ भनेर पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर यस्तो प्रस्ताव राखेको बताए ।

महामन्त्री कोइरालाले भने, ‘साउन २८ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सबै विषयमा छलफल  हुनेछ,  स्वाभाविक  नै  छ,  त्यस  बैठकमा  पार्टीको  महाधिवेशनको  नयाँ  कार्यतालिका  विषयमा  समेत छलफल हुनेछ ।’ क्रियाशील  सदस्यको  विवाद  मिलाउने  कुरा  पनि त्यतिबेला टुुङ्गिने विश्वास व्यक्त गर्दै महामन्त्री कोइरालाले  बताए, ‘संवैधानिक  र  कानुनी  व्यवस्थाका विषयमा हामी छलफल गर्नेछौँ । तल्लो तहदेखि माथिल्लो तहसम्म पूरै अधिवेशन गराउँछौँ ।’  

स्थानीय  तहको  अधिवेशनको  कार्यतालिका  प्रभावित  भइसकेको  छ  भने  केन्द्रीय  महाधिवेशन  गर्ने  कार्यतालिका  भदौ  १६  गतेबाट  हो । यस  विषयमा उहाँले भदौ १६ मा सम्पन्न गर्न कठिन छ, कोरोना झन् बढ्दै छ, त्यसैले केन्द्रीय कार्यसमितिले नयाँ  कार्यतालिकाका  विषयमा  निर्णय  गर्ने  जानकारी दिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।