२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदिएको परीक्षामै ग्रेडिङ !



फाईल फोटो
अ+ अ-

काठमाडौं । परीक्षा नदिएको विषयमा पनि ग्रेडिङ गरिएको पाइएको छ। अनिवार्य गणितमा प्रयोगात्मक परीक्षा हुँदैन। तर, बोर्डले शनिबार सार्वजनिक गरेको परीक्षाफलमा अनिवार्य गणितको प्रयोगात्मकमै ग्रेडिङ गरेको पाइएको हो।

परीक्षाफलको ग्रेड सिटमा अनिवार्य गणितको प्रयोगात्मकमा ग्रेडिङ नम्बर पाएका रमण सापकोटाले आफू अन्योलमा परेको सुनाए। उनले सुरुमा परीक्षाफल आफ्नो नभएको हो कि भनी झुक्किएको समेत सुनाए।

‘सिम्बोल नम्बर र जन्ममिति सबै मिल्छ। विद्यालयको नामसमेत मिल्छ’, उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘तर ग्रेडिङ सिटमा परीक्षामै नदिएको अनिवार्य गणितको प्रयोगात्मकमा पनि ग्रेडिङ गरिएको देखेर झुक्किएँ, दोहोर्‍याई तेहेराई परीक्षाफल हेरेँ केही फरक भएन। अन्योल बढ्यो।’

उनले विद्यालयले पो त्रुटिपूर्ण ग्रेडिङ गरेको हो कि भनी विद्यालय र विषय शिक्षकसँग बुझ्दा बोर्डबाटै त्रुटि भएको जानकारी दिएको सुनाए।

बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले भने आफूहरूको वेबसाइटमा कुनै त्रुटि नभएको र उक्त त्रुटिबारे अहिलेसम्म कुनै जानकारी नआएको प्रतिक्रिया दिए। उनले त्यस्तो त्रुटि नहुनुपर्ने समेत बताए। अध्यक्ष पौडेलले अरू सेवाप्रदायक संस्थालाई दिएको परीक्षाफलमा गल्ती गरेको हुन सक्ने भन्दै बोर्डको आधिकारिक वेबसाइटमा हेर्न सुझाए। राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईईको नतिजा सार्वजनिक गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।