• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा

टी–२० विश्वकपः अष्ट्रेलियाद्वारा आयरल्याण्डसमक्ष १८० रनको लक्ष्य



एजेन्सी । टी–२० विश्वकप अन्तर्गत आयरल्याण्ड र अष्ट्रेलियाबीचको खेल जारी छ ।

ब्रिसबेनमा आयरल्याण्डका कप्तान एन्ड्रयु बालबर्नीले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको आयोजक अष्ट्रेलियाले आयरल्याण्डविरुद्ध १८० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

अष्ट्रेलियाले २० ओभरमा ५ विकेटको क्षतिमा १७९ रन जोड्यो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४४ बलमा ६३ रनको योगदान दिए । उनले ५ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै, मार्कुस स्टोइनीसले २५ बलमा ३५ रन, मिचेल मार्शले २२ बलमा २८ रनको योगदानी दिए । आयरल्याण्डका ब्यारी एमसीक्यार्थीले ३ तथा जोसुआ लिटलले २ विकेट लिए ।