२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता, १२ वर्ष कैद सजायको माग



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपमाथि १२ वर्ष कैद सजायको माग गर्दै सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार दिउँसो मुद्दा दर्ता गरेको हो ।

आरोपित सन्दीपविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाले अनुसन्धान पूरा गरेर कात्तिक ४ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर बीचमा तिहार सुरु भएकाले उनीविरुद्ध मुद्दा दर्ता हुन सकेको थिएन ।

उनीविरुद्ध प्रहरीले मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो । सो दफाको उपदफा ३ को (घ)मा १२ वर्षसम्म कैद सजाय मागदाबी गर्न सकिने व्यवस्था रहेको छ ।

सो उपदफाको ९घ० मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय माग दाबी गर्न सकिने उल्लेख छ ।

प्रहरीले पीडितलाई क्षतिपूर्ति दिनका लागि सन्दीपको सम्पत्ति पनि छानबिन गरेको बताइएको छ । मुद्दामा पीडितलाई क्षतिपूर्तिको पनि माग दाबी गरिएको छ ।

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरुद्ध होटलका सिसिटिभी फुटेज, बयान र अस्पतालको रिपोर्टलगायत प्रमाण्का रुपमा पेश गरेको छ ।

सन्दीपले इन्कारी बयान दिँदै आएको भए पनि उनीविरुद्ध प्रहरीले मुद्दा पुष्टि हुने प्रमाण संकलन गरेको बताइएको छ । प्रहरीले सन्दीप र पीडित नाबालिगबीच भएका कुराकानीका च्याटहरू पनि रिकभर गरेको छ भने अर्का क्रिकेटर देव खनाल, होटलका सञ्‍चालक, होस्टेल सञ्चालक लगायतसँगसमेत बयान लिएको छ।

प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन्दीपलाई पक्राउ गरेको थियो । उनीमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो।