२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको घोषणापत्र : कार्यकारी प्रधानमन्त्री, प्रदेशको खारेजी, अभिभावकीय भूमिकामा राजसंस्था(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोमबार जारी गरेको घोषणापत्रमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेन्ड अगाडि सारेको छ ।

पावरप्वाइन्ट भर्सनमा बुँदागत टिपोट गरी जारी गरिएको घोषणापत्रमा राप्रपाले राष्ट्रपति हटाएर अभिभावकीय भूमिकामा राजसंस्था राख्नुपर्ने प्रस्ताव गरेको छ ।

जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख गर्दै सो पार्टीले संसद् पूर्ण समानुपातिक हुनुपर्ने र प्रदेशलाई खारेज गर्नुपर्ने प्रस्ताव गरेको छ । केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय स्वरुप हुनुपर्ने तथा एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने उल्लेख गरेको छ ।

राप्रपाको घोषणापत्र बुँदागत रुपमा यस्तो छ :

– प्रदेश संरचना खारेज, केन्द्र र बलियो स्थानीय तह

– अभिभावक भूमिकामा राजा, पूर्ण समानुपातिक संसद्

– वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र स्थापना

– प्रधानमन्त्री र पार्टी अध्यक्ष दुई कार्यकाल मात्र

– २०४६ पछिका नेता, कर्मचारीको सम्पत्ति छानबिन

– राजा वीरेन्द्रको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवन

– बूढानीलकण्ठ स्कुललाई सातै प्रदेशमा विस्तार

– कक्षा १२ सम्म पूर्ण निःशुल्क, मातृभाषामा शिक्षा

– प्रत्येक युवतीलाई पाठेघर क्यान्सरविरुद्धको खोप

– किसानको खेतमा बिजुली, सामूहिक खेतीलाई अनुदान

– नेपाल बन्द जस्ता कार्यक्रम कहिल्यै नगर्ने प्रतिबद्धता

– पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) सार्वजनिक बिदा

– योजनाबद्ध धर्म परिवर्तन नियन्त्रण, मस्जिद मन्दिर संरक्षण

– २०८७ सम्म मध्यम आयस्तरको मुलुक बनाउने

rpp manifesto