९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

‘कांग्रेसको सङ्कल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी छ’

‘कांग्रेसको सङ्कल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी छ’
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार सार्वजनिक गरेको पार्टीको सङ्कल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी रहेको बताइएको छ ।

कांग्रेसले सङ्कल्पपत्रका बारेमा विस्तृत जानकारी दिन आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा पार्टीका सहमहामन्त्री एवं घोषणापत्र तयारी समितिका सदस्य जीवन परियारले सङ्कल्पपत्र तयारीका क्रममा भएगरेका अध्ययन तथा कार्यका बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले सङ्कल्पपत्र तयारीका लागि पार्टीको २०१५ सालको घोषणापत्रदेखि सबै घोषणापत्र अध्ययन गरी के कति कमजोरी भए र कति कार्यान्वयन भएलगायत विषयमा अध्ययन गरिएको जानकारी गराउनुभयो । उहाँले अहिलेको सङ्कल्पपत्र मुलुकको वास्तविक अवस्थामा आधारित रहेर कार्यान्वयनयोग्य, यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी रहेको स्पष्ट पार्नुभयो ।

यस्तै सञ्चारकर्मीका जिज्ञासा बारेमा स्पष्ट पार्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं समिति सदस्य डा स्वर्णिम वाग्लेले हाल छरिएका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गर्न सङ्कल्पपत्रमा कोखदेखि शोकसम्म कार्यक्रम प्रस्ताव गरिएको बताउनुभयो ।

जीवनका जोखिमपूर्ण चरणमा राज्यले कसरी सहयोग गर्न सक्छ भनेर नै उक्त कार्यक्रम ल्याइएको स्पष्ट पार्दै उहाँले साधन स्रोतको मितव्ययी परिचालन गर्न पनि यो कार्यक्रम अघि बढाइएको जानकारी गराउनुभयो । यसले लोककल्याणकारी राज्यको जग बसाल्ने डा वाग्लेको भनाइ थियो ।

उहाँले सङ्कल्पपत्रमा उल्लेख ऊर्जालगायतका तथ्याङ्क यथार्थपरक र वास्तविक भएको स्पष्ट पार्दै निजी क्षेत्रलाई उत्साही बनाउने विभिन्न कार्यक्रम रहेकोसमेत जानकारी गराउनुभयो । डा वाग्लेले विसं २०४९ पछि कांग्रेसको नीतिअनुसार मुलुकमा शैक्षिक, स्वास्थ्य, आर्थिक, सामाजिक, भौतिक प्रगति र सिर्जना भएको रोजगारीको अवस्थाका बारेमा समेत जानकारी गराउनुभएको थियो ।

यसैगरी कांग्रेस केन्द्रीय सदस्य एवं समिति सदस्य प्राडा गोविन्दराज पोखरेलले निजी क्षेत्र प्रवद्र्धन गर्न सङ्कल्पपत्रमा केही नयाँ कुरा ल्याइएको बताउनुभयो । मुलुकमा २४ घण्टा काम गर्ने वातावरण बनाउन, विद्युत् प्रसारण लाइनको सहज व्यवस्थापनलगायतका नीतिले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उहाँले जानकारी दिनुभयो ।

श्रम बजारको मागअनुसारको व्यवस्थाका लागि पनि आवश्यक मानवस्रोत विकासमा जोड दिइएको बताउँदै प्राडा पोखरेलले सङ्कल्पपत्रका नीति र सिद्धान्त अति महत्वाकांक्षी नभई वास्तविकतासँग नजिक रहेको स्पष्ट पार्नुभयो । समग्रमा सुशासन र आर्थिक विकास प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो ।

समिति सदस्य डा कृष्ण पौडेलले शिक्षा क्षेत्रको विषयमा पार्टीले सङ्कल्पपत्रमा उल्लेख गरेका विषयमा स्पष्ट पार्दै संविधानले व्यवस्था गरेका प्रावधान लागु गर्न प्रतिबद्धता गरिएको बताउनुभयो । निजी र सार्वजनिक शिक्षालाई कसरी व्यवस्थित गर्ने भनेर पार्टीले विभिन्न कार्यक्रम अघि बढाएको उल्लेख गर्र्दै उहाँले रोजगारीमूलक, व्यावसायिक र प्राविधिक शिक्षाका लागि विभिन्न नीति अवलम्बन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा गेजा शर्मा वाग्लेले राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धमा र विदेश नीतिका बारेमा सहमतिको दस्तावेज बनाउनुपर्नेमा प्रस्ताव गरिएको जानकारी गराउनुभयो । प्रताप पौडेलले स्वास्थ्यका विषयमा सङ्कल्पपत्रमा उल्लेखित विषयका बारेमा स्पष्ट पार्दै स्वास्थ्य प्रणाली व्यवस्थित बनाउन अवलम्बन गरिएको एकीकृत नीतिका बारेमा जानकारी गराउनुभयो ।

कोही पनि नेपाली नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भनेर सबैलाई अनिवार्य बिमामा आबद्ध गराउने तथा क्षमताअनुसार प्रिमियम तिर्नुपर्ने व्यवस्था अघि बढाएको उहाँले स्पष्ट पार्नुभयो ।