५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटः एपिएफ र पुलिसको विजयी शुरुवात



अ+ अ-

काठमाडौँ । विभागीय टोलीद्वय एपिएफ क्लव र नेपाल पुलिस क्लवले आईतवारबाट शुरु भएको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा विजयी शुरुवात गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि ५६ रनको जित निकाल्दा अर्को खेलमा पुलिसले वागमती प्रदेशमाथि १ सय ९२ रनको फराकिलो जित निकालेका हो । यससँगै दुवै विभागीय टोलीले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विजयी शुरुवात गरेका हुन् । पहिला ब्याटिङ गर्दै एपिएफले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको आर्मीले ३२।१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६३ रन बनाउन सक्यो ।

ओपनर हरि चौहान र रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेलेको खेलमा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । चौहानले ६७ बलमा ७ चौका र १ छक्कासहित ६५ रनको व्यत्तिगत स्कोर बनाउँदा रोहित पौडेलले ५९ बलमा ७ चौकासहित ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । २ विकेट गुमाउँदा ४७ रन बनाएको आर्मीले ३ विकेट गुमाउँदा १ सय ४२ बनाएको थियो । त्यसपछि मध्यक्रमका ब्याट्सम्यानले जमेर खेल्न सकेनन् । आर्मीबिरुद्ध कसिलो बलिङ गर्ने क्रममा एपिएफका लागि अमर रौटेलालले ५।१ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । यस्तै, कमलसिंह ऐरीले १० ओभरमा ५६ रन खर्चेर १ मेडनसहित ३ विकेट निकाल्दा किशोर महतोले ८ ओभरमा २९ रन खर्चेर २ विकेट आफ्नो नाममा लेखाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले ४७।४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रन जोडेको थियो । पुलिसका लागि ओपनर प्रदीप ऐरीले ८० बलमा ४ चौका र ६ छक्कासहित ७१ रनको अर्धशतकीय इनिङ खेल्दा अर्का ओपनर आशिफ शेख ९ रन बनाएर पेभेलियन फर्किएका थिए । लोकेश बम शुन्यमा पेभेलियन फर्किएपछि भुवन कार्कीले २६ रन बनाएर आउट हुँदा पाँचौं नम्बरमा क्रिजमा उत्रिएका सन्दीप जोराले अर्धशतक बनाएका थिए । एपिएफका लागि ६२ बलको सामना गरेका सन्दीपले ६ चौका प्रहार गरे । कप्तान शरद भेसावकर १६ रन बनाएर पेभेलियन फर्किंदा अमरसिंह रौटेला १० रनमा अविजित रहे । बलिङ तर्फ आर्मीका विक्रम सोबले सर्वाधिक ४ विकेट लिए । विक्रमले ७।४ ओभरमा २३ रन खर्चिएका थिए । यस्तै, साहब आलम र कुशल मल्लले २÷२ तथा सुशन भारी र जितेन्द्र मुखियाले १÷१ विकेट निकाले ।

प्रतियोगिता अन्तर्गत आईतवार नै सम्पन्न अर्को खेलमा पुलिसले वागमतीलाई ९७ रनमा रोक्यो । २ सय ९० रनको लक्ष्य पछ्याएको वागमती २८ ओभरमा समेटिएको थियो । मुलपानी क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरेको वागमतीका लागि इशान पाण्डेले बनाएको २४ रन नै सर्वाधिक रह्यो । रामनरेश गिरीले अविजित २२ तथा प्रतिष जिसीले १४ रन बनाउँदा नन्दन यादव १० रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्लले ४ रनमै पवेलियन फर्किए ।

पुलिसका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । करण केसी, गुलसन झा र सागर ढकालले २÷२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ८९ रन बनाएको थियो । पुलिसका लागि दीपेन्द्र सिंह ऐरीले १ सय ८ रनको शतकीय इनीङ खेले । उनले ८२ बलमा ११ चौका र ४ छक्का प्रहार गरे । यस्तै कुशल भुर्तेल र सुनिल धमलाले समान ३७ रन जोड्दा आरिफ शेखले ३६ रन बनाए । योगेन्द्र सिंह कार्की १६ रनमा आउट भए । पवन सर्राफ १५ रनमा अविजित रहँदा दिलीप नाथले अविजित १२ रन जोडे । वागमतीका नन्दन यादवले २ विकेट लिए । रामनरेश गिरी, सूर्य तामाङ र सोनु देवकोटाको नाममा १÷१ विकेट रह्यो । जितसँगै समूह ‘बी’ मा रहेको पुलिसले पहिलो खेलमै २ अंक जोडेको छ । वागमतीले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

प्रतियोगितामा सोमवार पनि दुई खेल हुनेछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच खेल हुँदा मुलपानीमा नेपाल पुलिस र प्रदेश १ बीच प्रतिष्पर्धा हुनेछ ।