• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

पार्टीभित्रैबाट असहयोग भए पनि विकास गरेँ–अध्यक्ष ओली



file

सुरुङ्गा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको बताउनुभएको छ ।

आफूलाई पार्टीभित्रका मान्छेले छेक्दाछेक्दै दुई वर्ष मात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएको अध्यक्ष ओलीले बताउनुभयो । आइतबार झापाको गौरादह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको राष्ट्र निर्माणको आकंक्षालाई पूरा गर्न र जनताको सार्वभौम सत्ता स्थापित गर्न अपरिहार्य रहेको बताउनुभयो । उहाँले हिजोका कम हेरेर अबको निर्वाचनमा नागरिकले उम्मेदवार छान्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले एमाले देशका लागि काम गर्ने पार्टी भएको दाबी गर्नुभयो । यस पटकको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने पनि उहाँको भनाई थियो ।