• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

केपी ओलीसँग नैतिकता छैन: घनश्याम भूसाल(भिडीयोसहित)



रुपन्देही । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भूसालले केपी ओलीमा नैतिकता नभएको टिप्पणी गरेका छन् ।

आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भूसालले ओलीसँग नैतिकता नभएको टिप्पणी गरेका हुन् ।

ओलीमा नैतिकता नभएर आफैंले विघटन गरेको संसद पुनर्स्थापित भएपछि प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाइ थियो । उनले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरुले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको उल्लेख गरे ।

भूसालले भने, ‘केपी ओलीजीलाई छोडेर उहाँको दम्भ, अहंकार त्यसलाई इन्कार गरेर, तिरस्कार गरेर, त्यसलाई खारेज गरेर हामी सडकमा निक्लनुपर्ने भो र हामीले आन्दोलन गर्‍यौं । अदालतमा मुद्दा चल्यो । अदालतले संसदलाई पुनर्स्थापित गरिदियो । संसदलाई पुनर्स्थापित गरिदिएपछि कोही पनि थोरै पनि नैतिकता भएको मान्छे हुन्थ्यो भने आफैले विघटन गरेको संसदको त्यो संसद पुनस्र्थापित भएपछि त उहाँले प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनु पर्दथ्यो ।अह दिनु भएन ।’

उनले नेपाली जनताले रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोपसमेत लगाए ।