• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

काठमाडौँ-५ का उम्मेदवार पोखरेल र सिलवाल मतदातासँगको भेटघाटमा व्यस्त



काठमाडौँ । नेकपा एमालेको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल र ५ क को प्रदेशसभा सदस्यका उम्मेदवार नारायण सिलवालले मतदातासँगको भेटघाट कार्यक्रमलाई तीब्रताका साथ निरन्तरता दिइरहेका छन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर २ स्थित मतदाता भेटघाटका क्रममा प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले विगतमा चुनाव हार्दा पनि र जित्दा पनि जनताको साथ नछोडेको भन्दै खुलेर प्रशंसा गरेका छन् । मतदाताले २०६४ र २०७० को निर्वाचनमा झिनो मतले पराजित भएका पोखरेलले आफूहरको साथ नछोडेको र २०७४ को निर्वाचन जितेपछि जनताको हरेक समस्या समाधानका लागि धेरै काम गरेको भन्दै खुशी व्यक्त गरेका हुन् ।

उनीहरुले नेता भनेको जस्तोसुकै अवस्थामा पनि मतदाताको साथमा रहनसक्ने हुनुपर्ने र त्यो गुण पोखरेलमा भएको बताएका छन् । मतदाताको प्रतिक्रिया सुनेपछि पोखरेलले वडा नम्बर २ एमालेका नेता स्व। मनमोहन अधिकारी जन्मेको ठाउँ भएकाले पनि आफू यही क्षेत्रबाट उम्मेदवार बन्न पाउनु सौभाग्यको कुरा भएको बताए । साथै पोखरेलले २०३९ सालदेखि वडा नम्बर २ मा एमालेले पराजय बेहोर्नु नपरेको स्मरण गराए ।

पोखरेलले आफूसमक्ष जनताले मनमा लागेका कुरा निर्धक्कसँग बोल्न आग्रह गर्दै आफू जनताको सबैखाले कुरा सुन्न तयार रहको बताए । “रोग निको उपचार गर्न डाइग्नोसिन गर्नुपर्छ । डाइग्नोसिस भनेको रोगको आधा उपचार हो । अर्थात समस्या पहिचान गर्नु भनेकै समाधानको आधा प्रक्रिया हो । तसर्थ समस्या सुनाउन कन्जुस्याइ नगर्नुहोला ।” पोखरेलले भने ।

एमालेको वडा समितिले राखेका कार्यक्रममा सहभागि भएर जहिले पनि समस्या सुन्न र त्यसको समाधान गर्न तयार रहेको उनको भनाई छ । आफू र क्षेत्र नम्बर ५ क को प्रदेशसभा सदस्यका उम्मेदवार नारायण सिलवाल जुनसुकै बेला जनताको समस्या सुन्न तयार रहेको र विगतदेखि नै जनतासँग जनप्रतिनिधि नामको कार्यक्रम नै संचालन गरेर काम गर्दै आएको पोखरेलको भनाई छ ।

समाजमा राम्रा र नराम्रा सबैखाले मान्छे हुने र त्यही समाजमा राम्रा र नराम्रा पक्ष पनि हुने भएकाले नराम्रा पक्षलाई हटाउँदै लैजाने विषयमा आफूहरु प्रतिबद्ध रहेको पोखरलले बताए । पोखरेलले आफू निर्वाचित भएपछि गर्ने दुई वटा मुख्य कामको बारेमा पनि मतदातालाई स्पष्ट पारेका छन् ।

पोखरेलले नीति, योजना र बजेट निर्माणलाई पहिलो काम भनेका छन् भने आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणलाई दोस्रो कामको रुपमा स्पष्ट पारेका छन् ।

राष्ट्रिय हितको रक्षा, सुशासन र आर्थिक विकासका लागि एमालेको सरकारको विकल्प नभएको उनको दाबी छ । एमालेको विचार नै देशका लागि आवश्यक रहेकाले सूर्य चिन्हमा मतदान गर्न उनले आग्रह गरे ।

एमालेका वरिष्ठ उपाध्यक्ष र पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले आफ्नो राजनीतिक उचाईका कारण पनि प्रतिद्धन्द्धीले अनावश्यक आरोप प्रत्यारोप लगाउन सक्ने भएकाले भ्रममा नपर्न आग्रह गरे । “मेरो उचाई हेरेर ममाथि ढुंगा प्रहार गर्न सक्छन् । त्यस्तो प्रहारको सामना गर्न सधैँ तयार छु । बरु मर्न तयार छु तर जनताको शीर झुक्ने कुनै काम गर्दिन ।” उनले भने ।

पोखरेलले प्रतिनिधिसभाको निर्वाचनका लागि एमालेले सबै क्षेत्रमा उम्मेदवार उठाएको तर कांग्रेसले ८४, माओवादीले ४३ र नेकपा एसले २० क्षेत्रमा मात्रै उम्मेदवार बनाएर पनि बहुमतको सरकार बनाउँछौँ भनेर भ्रम फैल्याएको बताए । बरु एमालेले नै बहुमत ल्याएर सरकार बनाउन सक्ने गरी उम्मेदवार खडा गरेको उनले स्पष्ट पारे ।

स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा एमालेको पपुरल भोट सबैभन्दा धेरै रहेकाले पनि एमाले पहिलो ठूलो दल बन्नेमा कुनै शंका नरहेको उनले बताए ।

पोखरेलले केपी ओली प्रधानमन्त्री हुँदा नेपालको सम्पूर्ण भूभाग समेटिएको चुच्चे नक्सा सार्वजनिक गरेको उल्लेख गर्दै राष्ट्रहितको काम गर्न र परिआए भारतसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने क्षमता ओलीमा मात्रै भएको बताए । ओली प्रधानमन्त्री हुँदा नै कोशी राजमार्ग, कर्णाली राजमार्ग, एकै दिन ३ सय ९६ अस्पतालको शिलान्यास, स्वास्थ्य बीमाको काम, सामाजिक सुरक्षा कोषको काम लगायतका दीर्घकालिन महत्वका कामको सुरुवात भएको पोखरेलले स्मरण गराए ।

पोखरेलसँगै मतदातासँग भेटघाटमा सहभागि काठमाण्डौ क्षेत्र नम्बर ५ क का प्रदेशसभा सदस्यका उम्मेदवार नारायण सिलवालले आफू वडा समितिले राखेको हरेक कार्यक्रममा सहभागि भएर जनताको गुनासो सम्बोधन गर्दै आएको बताए । वडा नम्बर २ मा टुकुचा खोलाले दुःख दिँदै आएकोमा अघिल्लो कार्यकालमा उक्त समस्या समाधान गरेको बताए । समस्या समाधानका लागि वरिष्ठ उपाध्यक्ष पोखरेल रक्षामन्त्री हुँदा नेपाली सेनाको सहायतामा टुकुचा खोलाको बाँध भत्काएर डुबानको समस्या आधा समाधान गर्न सफल भएको सिलवालले जानकारी दिए ।

काठमाडौँ महानगर–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले हरेक समस्या आफूसमक्ष जानकारी गराउने र उक्त समस्या समाधान गर्ने गरेको उनले बताए ।

जनतासँग जनप्रतिनिधि कार्यक्रममा सहभागि भएर आफ्नो निर्वाचन क्षेत्रमा भएका हरेक समस्या समाधान गर्दै आएको उनले स्मरण गराए । जनताको शक्तिबिना केही काम गर्न नसक्ने उल्लेख गर्दै सिलवालले जनप्रतिनिधलाई जनताको साथ भएन भने पानीबिनाको माछा जस्तै हुने बताए ।

विगतमा काठमाडौँ महानगरपालिकाले वडालाई वार्षिक २५ लाख रुपैयाँ मात्रै बजेट दिने गरेकोमा महानगरका तत्कालिन मेयर विद्यासुन्दर शाक्यसँगको पालामा रकम बढाएर २ करोड रुपैयाँ पुर्याएको र अहिले उक्त रकम ७ करोड पुगेको सिलवालले जानकारी दिए ।

त्यसैगरी केपी ओली प्रधानमन्त्री र ईश्वर पोखरेल उपप्रधानमन्त्री हुँदा मेलम्ची खानेपानी आयोजनाको विस्तारले गति लिएको सिलवालको भनाई छ ।

काठमाण्डौ महानगरको वडा नम्बर २ मा निर्माण गर्नुपर्ने सडकका लागि बजेट छुट्टयाएको तर नेपाल विद्युत प्राधिकरण र मेलम्ची आयोजनाको काम सम्पन्न नभएकाले सडकको काम रोकिएको सिलवालले जानकारी दिए ।

विगतमा पहिला सडक पिच गरेपछि कहिले प्राधिकरणको तार बिच्छ्याउन र कहिले मेलम्चीको पाइपका लागि त्यही सडक भत्काउनु परेकाले अब भने उल्टो काम नगर्नेतर्फ ध्यान दिएको उनले बताए ।

प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि विकास निर्माणका कामका अलावा प्रदेशको नीति निर्माणमा पनि आफू सक्रिय रहने सिलवालको भनाई छ ।