१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले एक्लैले १५० सिटमा जित्ने लक्ष्य लिएको छः ओली



अ+ अ-

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेले बहुमत ल्याउने विश्वास व्यक्त गरेका छन् ।

झापाको दमकमा आयोजित सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी १५० सिट जित्ने लक्ष्य पार्टीको रहेको बताए ।

अध्यक्ष ओलीले झापामा राप्रपासँगको चुनावी तालमेल कार्यान्वयन हुने बताए । अध्यक्ष ओलीले झापामा प्रतिनिधि सभामा एउटा क्षेत्र र प्रदेश सभा सदस्यमा दुईवटा क्षेत्रमा राप्रपालाई भोट दिन र बाँकी सबैमा सूर्यचिन्हमा मतदान गर्न आग्रह गरे ।

उनले तालमेलको सहमति भएपछि त्यसलाई इमान्दारीपूर्वक कार्यान्वयन गरी परिणाम निकाल्नुपर्ने बताउँदै राप्रपाले भोट दिँदैन कि भन्ने शङ्का नगरी विश्वासका साथ लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

झापामा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ । झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई एमालेले समर्थन गर्ने र अन्य क्षेत्रमा राप्रपाले एमालेलाई सहयोग गर्ने सहमति दुई दलले गरेका छन् ।

अध्यक्ष ओली भन्छन्, ‘राप्रपाले एमालेसँग मिलेर काम गर्न खोजेको छ । हामीले त्यसलाई स्वागत गरेका छौं । झापा क्षेत्र ३ नम्बरमा हामी राप्रपालाई भोट दिन्छौं, जिताउँछौं । हामीले समर्थन गरेपछि जित्नुपर्छ, नत्र हाम्रो समर्थन के काम लाग्यो ?’