२४ मंसिर २०८२, बुधबार
,
Latest
किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले एक्लैले १५० सिटमा जित्ने लक्ष्य लिएको छः ओली



अ+ अ-

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेले बहुमत ल्याउने विश्वास व्यक्त गरेका छन् ।

झापाको दमकमा आयोजित सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी १५० सिट जित्ने लक्ष्य पार्टीको रहेको बताए ।

अध्यक्ष ओलीले झापामा राप्रपासँगको चुनावी तालमेल कार्यान्वयन हुने बताए । अध्यक्ष ओलीले झापामा प्रतिनिधि सभामा एउटा क्षेत्र र प्रदेश सभा सदस्यमा दुईवटा क्षेत्रमा राप्रपालाई भोट दिन र बाँकी सबैमा सूर्यचिन्हमा मतदान गर्न आग्रह गरे ।

उनले तालमेलको सहमति भएपछि त्यसलाई इमान्दारीपूर्वक कार्यान्वयन गरी परिणाम निकाल्नुपर्ने बताउँदै राप्रपाले भोट दिँदैन कि भन्ने शङ्का नगरी विश्वासका साथ लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

झापामा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ । झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई एमालेले समर्थन गर्ने र अन्य क्षेत्रमा राप्रपाले एमालेलाई सहयोग गर्ने सहमति दुई दलले गरेका छन् ।

अध्यक्ष ओली भन्छन्, ‘राप्रपाले एमालेसँग मिलेर काम गर्न खोजेको छ । हामीले त्यसलाई स्वागत गरेका छौं । झापा क्षेत्र ३ नम्बरमा हामी राप्रपालाई भोट दिन्छौं, जिताउँछौं । हामीले समर्थन गरेपछि जित्नुपर्छ, नत्र हाम्रो समर्थन के काम लाग्यो ?’