२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका प्रसाईंसहित १०१ जना एमाले प्रवेश



अ+ अ-

झापा । नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य केन्द्र प्रसाईं नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार साँझ उनीसहित १०१ जनालाई एमालेमा स्वागत गरे ।

दमकका प्रतिष्ठित व्यवसायी समेत रहेका प्रसाईं पार्टीभित्र केही विमति राखेर नेकपा एसमा लागेका थिए । पार्टी प्रवेशपछि प्रसाईंले एमालेजस्तो विधि र पद्धतिमा चल्ने पार्टी अर्को नभएको बताए ।

एमालेमा केही असहमति राखेर आफूहरू बाहिरिएको तर एमाले जत्तिको कार्यकर्ता परिचालन हुने, अनुशासनमा बस्ने र विधिमा चल्ने अर्को पार्टी रहेनछ भन्ने निष्कर्षका साथ पुनः एमालेमै फर्किएको प्रसाईंले बताए । प्रसाईंले अब एमाले र अध्यक्ष ओलीलाई जिताउन लाग्ने प्रतिवद्धता जनाए ।