१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका प्रसाईंसहित १०१ जना एमाले प्रवेश



अ+ अ-

झापा । नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य केन्द्र प्रसाईं नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार साँझ उनीसहित १०१ जनालाई एमालेमा स्वागत गरे ।

दमकका प्रतिष्ठित व्यवसायी समेत रहेका प्रसाईं पार्टीभित्र केही विमति राखेर नेकपा एसमा लागेका थिए । पार्टी प्रवेशपछि प्रसाईंले एमालेजस्तो विधि र पद्धतिमा चल्ने पार्टी अर्को नभएको बताए ।

एमालेमा केही असहमति राखेर आफूहरू बाहिरिएको तर एमाले जत्तिको कार्यकर्ता परिचालन हुने, अनुशासनमा बस्ने र विधिमा चल्ने अर्को पार्टी रहेनछ भन्ने निष्कर्षका साथ पुनः एमालेमै फर्किएको प्रसाईंले बताए । प्रसाईंले अब एमाले र अध्यक्ष ओलीलाई जिताउन लाग्ने प्रतिवद्धता जनाए ।