२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडाध्यक्ष रानाको निधन



अ+ अ-

काठमाडौँ । गोरखा नगरपालिका ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ ।

भाइटीकाको दिन साँझ उनको निधन भएको हो । घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल लगिएको थियो ।

अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको अस्पतालले जनाएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन ।

स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका उनी युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत हुन् ।