• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

टी२० विश्वकप: अस्ट्रेलियासँग श्रीलंका पराजित



अस्ट्रेलियामा जारी टी२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक अस्ट्रेलियाले श्रीलंकालाई सात विेकेटले पराजित गरेर महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

अस्ट्रेलियाको जितको नायक मार्कस इस्टोनोइसिस रहेका थिए । दबाबमा खेलिरहेको अस्ट्रेलियाका लागि उनले  १८ बलमा ५९ अविजित रन बनाएका थिए जसमा ४ चौका र ६ छक्का सामेल थिए । अन्य खेलाडीमा आरोन फिन्चले ३१, ग्लेन म्याक्सेलले २३ र डेभिड वार्नरले ११ तथा मिचेल मार्सले १८ रन बनाएका थिए ।

अस्ट्रेलियाले निर्धारित लक्ष २१ बल बाँकी छँदै  १६•३ ओभरमा पूरा गरेको थियो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा १५६ रन बनाएको थियो । श्रीलंकाका लागि  पाथुम निसान्काले ४०, चरिथ असालान्काले ३८ रनको योगदान गरेका थिए ।

दुबै टिमको २, २ अंक भएको छ ।