२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनबाट अलग भएका क्षेत्रहरूको रुसी मान्यता संयुक्त राष्ट्रको बडापत्रसँग बिपरित:सयुक्त राष्ट्रसंघ



अ+ अ-

न्यूयोर्क । डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र (डीपीआर र एलपीआर) को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन  भएको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले टिप्पणी गर्नुभएको छ ।  रुसको सो निर्णय संयुक्त राष्ट्रसंघको बडापत्र र युक्रेनको सार्वभौमिकताको विपरीत भएको प्रवक्ताको भनाइ छ। 

युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रका निश्चित क्षेत्रहरूको स्थितिसँग सम्बन्धित रूसी संघको निर्णयबाट महासचिव धेरै चिन्तित हुनुहुन्छ। उहाँले मिन्स्क सम्झौता अनुसार पूर्वी युक्रेनमा द्वन्द्वको शान्तिपूर्ण समाधानको लागि आह्वान गर्नुभएको छ जुन सुरक्षा परिषद्ले प्रस्ताव २२०२ ९२०१५० मा अनुमोदन गरेको हो, प्रवक्ता डुजारिकले बताउँनुभएको छ ।

संयुक्त राष्ट्रसंघले सान्दर्भिक महासभाको प्रस्तावहरू अनुरूप युक्रेनको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त सीमानामा पूर्ण रूपमा समर्थन गर्दछ, उहाँले उल्लेख गर्नुभएको छ।

विज्ञप्तिमा भनिएको छ, संयुक्त राष्ट्रसंघका महासचिवले कूटनीतिलाई प्राथमिकता दिंदै युक्रेन र वरपरको खतरनाक अवस्थालाई थप जटिल बनाउँने कुनै पनि कार्य  रोक्न, तत्काल शत्रुता अन्त्य गर्न, नागरिक र नागरिक पूर्वाधारको संरक्षणमा आफ्नो प्रयास केन्द्रित गर्न सबै सम्बन्धित पक्षहरूलाई आग्रह गर्न आग्रह गर्नुभएको छ । रुसी राष्ट्रपति पुटिनको सो घोषणापछिको अवस्थाको बारेमा छलफल गर्न अहिले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बसिरहेको छ ।रासस