• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

एमालेको पहिलो चुनावी सभा: चुच्चे नक्सा समेटिएको ठाउँ ‘दार्चुला’बाट



file photo

काठमाडौँ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले दार्चुलाबाट चुनावी अभियान सुरू गर्ने भएको छ । एमालेले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट आमसभा गरी राष्ट्रव्यापीरुपम चुनावी अभियान सुरू गर्न लागेको हो ।

सोहि चुनावी अभियानकै लागि एमाले अध्यक्ष केपी शर्मा ओली कात्तिक १८ गते दार्चुला पुग्ने भएका छन् । एमालेले दार्चुलाबाट चुनावी अभियान सुरू गर्नुलाई अतिक्रमित भूमि फिर्ता गराएको एजेण्डालाई महत्वपूर्ण क्रेडिटको रूपमा चुनावी मिसन बनाउने संकेत देखिएको छ । एमाले सरकारकै पालामा भारतले कब्जा गरेको भूमि( चुच्चे नक्सा)नेपाली नक्सामा राखिएको थियो ।

१८ गते बिहान ११ बजे अध्यक्ष ओलीले दार्चुला सदरमुकाम खलंगामा आमसभालाई सम्बोधन गर्ने छन् । त्यसै दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्ने छन् ।