५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको पहिलो चुनावी सभा: चुच्चे नक्सा समेटिएको ठाउँ ‘दार्चुला’बाट



file photo
अ+ अ-

काठमाडौँ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले दार्चुलाबाट चुनावी अभियान सुरू गर्ने भएको छ । एमालेले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट आमसभा गरी राष्ट्रव्यापीरुपम चुनावी अभियान सुरू गर्न लागेको हो ।

सोहि चुनावी अभियानकै लागि एमाले अध्यक्ष केपी शर्मा ओली कात्तिक १८ गते दार्चुला पुग्ने भएका छन् । एमालेले दार्चुलाबाट चुनावी अभियान सुरू गर्नुलाई अतिक्रमित भूमि फिर्ता गराएको एजेण्डालाई महत्वपूर्ण क्रेडिटको रूपमा चुनावी मिसन बनाउने संकेत देखिएको छ । एमाले सरकारकै पालामा भारतले कब्जा गरेको भूमि( चुच्चे नक्सा)नेपाली नक्सामा राखिएको थियो ।

१८ गते बिहान ११ बजे अध्यक्ष ओलीले दार्चुला सदरमुकाम खलंगामा आमसभालाई सम्बोधन गर्ने छन् । त्यसै दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्ने छन् ।