२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज एयरले गौतम बुद्ध विमानस्थलबाट अबुधाबी उडान गर्ने



अ+ अ-

काठमाडौँ । विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धबाट भैरहवा–कुवेत उडान सुरु गर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले भैरहवा–कुवेत उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ ।

उक्त विमानस्थलबाट अबदेखि दुईवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएका छन् । यसअघि जजिरा एयरवेजले भैरहवा–कुवेत उडान सुरु गरेको थियो ।

विमानस्थल सञ्चालनमा आएको पाँच महिनापछि यो विमानस्थलमा अक्टोबर ३० तारिखदेखि अबुधाबी बेस रहेको विज एयरले उडान सुरु गर्ने जनाइएको छ ।