१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोग प्रतिबद्धः आयुक्त भण्डारी

निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोग प्रतिबद्धः आयुक्त भण्डारी
अ अ+ अ-

पोखरा । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न आयोग प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)सँगको सहकार्यमा निर्वाचन आयोगले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलले गरेको प्रतिबद्धताअनुसार आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “दलहरुसँगको छलफल र परामर्शबाट नै निर्वाचन आचारसंहिता बनाइएको हो । सबै दलले यसको पालना गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएकाले आचारसंहिता प्रभावकारी कार्यान्वयनमा आयोग प्रतिबद्ध छ ।”

आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन आयोग लागिपरेको बताउँदै सात महिनाको अन्तरालमा स्थानीय निर्वाचन सम्पन्न गरी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गर्न लागिएको बताउनुभयो । उहाँले आसन्न निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पँगेनीले निर्वाचन सामूहिक रुपमा जस प्राप्ति गर्ने र अपनत्व लिने सामूहिक कार्य भएको बताउनुभयो । उहाँले सबै सरोकारवालाले आ–आफ्नो तर्फबाट सहयोग गरेमा निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने उल्लेख गर्नुभयो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सञ्चारमाध्यमहरूले आधिकारिक सूचना र समाचार सम्प्रेषण गरी निर्वाचनलाई सफल पार्ने र निर्वाचन आचारसंहिता उल्लङ्घनमा पहरेदार ९वाच डग०को भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चार प्रतिष्ठान, पत्रकार र कर्मचारीले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुनेमा जोड दिनुभयो । प्रवक्ता शर्माले समानुपातिक निर्वाचनतर्फको मतपत्र दुर्गमका नौ जिल्लामा बाहेक अन्य सबै जिल्लामा ढुवानी गरिसकिएको जानकारी दिनुभयो ।

राससका कार्यकारी सम्पादक शीतलप्रसाद महतोले राससले स्वनियमनका लागि निर्वाचन आचारसंहिता पारित गरी लागू गरेको जानकारी दिँदै मतदाताको पक्षबाट जनसरोकारका एजेन्डालाई समाचार सामग्री बनाउने गरिएको जानकारी दिनुभयो ।

राससले निर्वाचन आयोगसँग मिलेर राससको बुलेटिनमा निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्ने र केन्द्रीय कार्यालयमा निर्वाचन रिर्पोटिङ डेस्क स्थापना गरिएको बताउनुभयो । सम्पादक महतोले सञ्चारमाध्यम र पत्रकारले पेसागत मर्यादा र पत्रकारिताको सिद्धान्तमा अडिग, पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालना गरी नागरिकप्रतिको उत्तरदायित्व पूरा गर्नुपर्ने बताउनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन तीनवटै सरक्षा निकायसँगै जिल्लामा एक हजार ६ सय म्यादी प्रहरीलाई तालिम प्रदान गर्ने काम भइरहेको बताउनुभयो । उहाँले निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने समाचार सम्प्रेषण नगर्न ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी हुमप्रसाद पराजुली, पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारी, प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेलगायतले निर्वाचनलाई सफल बनाउन आमसञ्चारमाध्यमको ठूलो भूमिका रहने उल्लेख गर्नुभयो ।