१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

संविधान जोगाउन गठबन्धन बनेको हो: प्रधानमन्त्री देउवा

संविधान जोगाउन गठबन्धन बनेको हो: प्रधानमन्त्री देउवा
अ अ+ अ-

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता बचाउन र विकास तथा समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ ।

पाँच दलीय गठबन्धन दलद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्त्री देउवाले आउँदो चुनाव संविधान रहने कि नरहने तथा सङ्घीयताको संस्थागत विकास हुने नहुने विषयसँग जोडिएकोले संविधान र सङ्घीयताका पक्षमा एकताबद्ध भएर लाग्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री देउवाले गठबन्धनलाई पूर्ण रुपमा अगाडि बढाउँदै चुनावपछि पनि गठबन्धनकै सरकार र गठबन्धनकै वर्चश्व हुने गरी लाग्न निर्देशन दिनुभयो । देउवाले भन्नुभयो, “देशको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक छ, पाँच दलीय गठबन्धनको मर्मअनुसार हिँड्न जरुरी छ ।” प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशबाट अघिल्लो निर्वाचनमा कांग्रेसको तर्फबाट आफू एक जनामात्र विजयी भएको प्रङ्सँग उल्लेख गर्दै अहिले गठबन्धनमा रहेका दलहरुको सहयोगमा आफू प्रधानमन्त्री बन्न पाएको उल्लेख गर्नुभयो ।

उहाँले गठनबन्धन गरेर चुनावमा जानुपर्ने परिस्थितिमा आउने चुनावमा सबैलाई टिकट दिने स्थिति नरहेको बताउँदै अहिले टिकट नपाएर अन्यायमा परेको भनिएकालाई चुनावपछि बन्ने गठबन्धनको सरकारले नयाँ अवसर दिने अश्वासन दिनुभयो ।

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट परिस्थितिमा गठबन्धन निकै ठूलो सङ्घर्षपछि बनेको भन्दै संविधान, लोकतन्त्र, समावेशी समानुपातिकको उपलब्धि धरापमा पर्ने खतरा पैदा भएकोले संविधान, लोकतन्त्र, परिवर्तनको रक्षा गर्दै देशलाई विकास र समृद्धिमा लैजान गठबन्धन गरिएको बताउनुभयो ।

अहिले देशमा अर्को पनि गठबन्धन बनेको उल्लेख गर्दै उहाँले भन्नुभयो,“त्यसको विचार उद्देश्य, संस्कार, संस्कृति छ ,त्यसले कहीँनकहीँ यो संविधानलाई डिरेल गर्ने, गणतन्त्रलाई उल्ट्याउने र सङ्घीयतालाई कमजोर पार्ने छ , त्योसँग हाम्रो बहस भइरहेको छ ।” देशमा सात सालदेखि महत्वपूर्ण राजनीतिक परिवर्तन भए पनि राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तन र सुशासनका लागि गर्नुपर्ने काम नहुँदा केही वर्षपछि राजनीतिक परिवर्तन पातलिँदै जाने र जनतामा निराशा बढ्दै गएको देखिएको भन्दै उहाँले भन्नुभयो,“यो गठबन्धन विजयी भएपछि आर्थिक विकास र समृद्धिको यात्रालाई अघि बढाएर राजनीतिक परिवर्तनलाई दिगो बनाउन सकिन्छ ।”

नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनमा आवद्ध दलले समयमै कदम नचालेको भए राजनीतिक परिवर्तनपछि प्राप्त उपलब्धि सकिने भई देश पश्चगमनमा जाने खतरा थियो भन्नुभयो । पाँच दलीय गठबन्धनको प्राकृतिक र पवित्र उद्देश्य रहेको भन्दै उहाँले भन्नुभयो,“अपवित्र उद्देश्य राखेर गरिने गठबन्धन अस्वभाविक रहेको छ ।”

राजनीति, राज्यसत्ता, समाज र पार्टीमा रहेका विकृति विसङ्गति हटाउन गठबन्धन बनाउनु परेको बताउँदै नेपालले भन्नुभयो,“लोकतन्त्र र गणतन्त्रमा अझैँ खतरा रहेकोले आउने चुनावमा प्रतिगामी शक्तिलाई पराजित गरेर अग्रगमनकारी शक्तिलाई विजयी बनाउनुपर्छ ।” नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई क्षतविक्षत् पार्ने प्रपञ्चकाविरुद्धमा यसको रक्षाका निम्ति यो गठबन्धन अभियान थालिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“यो चुनावी अभियान मात्र नभइ राष्ट्रलाई सङ्कटबाट जोगाउने संविधान र परिवर्तनलाई रक्षा गर्ने महाअभियान हो । उहाँले संविधानमाथि भइरहेको आक्रमणमा गम्भीर र सचेत हुनुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले संविधानको रक्षाका लागि गठबन्धन भएको बताउनुभयो । उहाँले प्रतिगमनको खतरा देखिएपछि आफ्नो पार्टी गठबन्धनमा लागेको बताउनुभयो ।