२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सी जिनपिङ तेस्रो पटक चिनियाँ कम्युनिष्ट पार्टीको नेता बने



अ+ अ-

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ आइतबार तेस्रो पटक सत्तारुढ कम्युनिष्ट पार्टीको नेता बनेका छन् । एक सातासम्म चलेको राष्ट्रिय कांग्रेसमा उनी पार्टीको नेतामा निर्वाचित भएका हुन् । योसँगै उनले आफ्नो लागि असाधारणरुपमा राष्ट्रपतिमा तेस्रो कार्यकाल पनि सुरक्षित बनाएका छन् ।

चीनमा तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेको यो पहिलो पटक हो । मार्च २०२३ मा जिनपिङलाई राष्ट्रपति पदमा निर्वाचित गर्ने औपचारिकता पूरा हुनेछ। यससँगै जिनपिङले आगामी पाँच वर्षका लागि हरेक प्रमुख निर्णयमा आफूलाई साथ दिने टोली पनि चयन गरेका छन् ।

पार्टीको नेतामा निर्वाचित भएपछि जिनपिङले आफू नेताका रुपमा देशका लागि काम गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । बेइजिङको ग्रेट हल अफ द पिपुलमा उपस्थित पत्रकारहरूलाई चिनफिङले भने, “म र मेरा सहकर्मीहरूप्रतिको आस्था देखाएकोमा म पार्टीका सबै सदस्यहरूलाई हृदयदेखि धन्यवाद दिन्छु।”

जिनपिङको सहयोगी टोलीमा प्रधानमन्त्री ली छ्याङ, ली सी, डिङ जुएज्याङ र काई छीलाई समावेश गरिएको छ। नयाँ पोलिटब्युरो स्थायी समितिमा वाङ हुनिङ र पूर्व भ्रष्टाचार विरोधी प्रमुख झाओ लेइझीलाई राखिएको छ।

जिनपिङको टोलीमा सबै नयाँ अनुहार छन् । यससँगै उनले आगामी पाँच वर्ष र आगामी धेरै वर्षका लागि राष्ट्रपतिको रूपमा आफ्नो स्थान पक्का गरेका छन् । जिनपिङले ग्रेट हलमा जनतासँग आफ्नो टोलीको परिचय गराए।

युज एजेन्सी सिन्ह्वाका अनुसार पोलिटब्युरोको नयाँ पदानुक्रममा ६९ वर्षीय पार्टी सचिव सी जिनपिङ, ६३ वर्षीय ली छ्याङ, ६५ वर्षीय झाओ लेजी, ६७ वर्षीय वाङ हुनिङ, ६६ वर्षीय डिङ जुएज्याङ र ६६ वर्षीय ली सी रहेका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार जिनपिङपछि छ्याङ देशको राष्ट्रपति हुने स्पष्ट भइसकेको छ । काई छि पार्टीका प्रथम सचिव हुन् र उनी वाङ हुनिङका उत्तराधिकारी हुन्। पार्टीको दैनिक कामकाजको जिम्मेवारी उनको हुनेछ ।

झाओ लेजी अहिले तेस्रो नम्बरमा छन्। वाङ हुनिङलाई जनराजनीतिक परामर्शदात्री सम्मेलनको जिम्मेवारी दिइएको छ। यो एक धेरै महत्त्वपूर्ण पद हो जसमा पार्टी बाहिरका गतिविधिहरूको लागि स्रोत र समर्थन परिचालन गरिन्छ।

ली सी भ्रष्टाचार विरोधी संगठनको जिम्मेवारीमा छन्। यो केन्द्रीय आयोग यतिबेला निकै शक्तिशाली छ । यी सबै पदहरूको बारेमा आधिकारिक घोषणा मार्च २०२३ मा हुने राष्ट्रिय अधिवेशनको सत्रमा गरिनेछ।

अचम्मको कुरा के छ भने पोलिटब्युरोको आकार पहिले सानो रहेको तुलनामा २४ सदस्य पुगेको छ । साथै यसमा कुनै पनि महिलालाई स्थान दिइएको छैन ।
एजेन्सी