• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

प्रविधिमैत्री प्रहरीलाई अनुकुल हुने वातावरण निर्माणमा सरकार प्रतिवद्ध छः गृहमन्त्री(भिडीयोसहित)



काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

आईतवार प्रहरी निरीक्षक आधारभुत तालिम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री खाँणले तालिमका बेला बगाएको पसिनाले आगामी दिनमा देशमा आइपर्ने समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरुलाई परिणाममुखी बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री खाँणले कानूनी राज्यको स्थापनाका लागि दृढ रहन प्रहरी संगठनलाई निर्दशनसमेत दिनुभयो । उहाँले आफ्ना जिम्मेवारीहरुलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभुति दिन प्रहरी जवानहरुलाई निर्देशन दिनुभयो । गृहमन्त्री खाँणले प्रविधिबाट सिर्जित नविन समस्याको समाधान प्रविधिमैत्री प्रहरी प्रविधिले सुसज्जित श्रोत, साधनले मात्र सम्भव हुने भन्दै प्रविधिमैत्री प्रहरीलाई अनुकुल हुने वातावरण निर्माणका लागि श्रोत, साधनको व्यवस्थापनमा सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तालिमका बेला तपाईहरुले बगाउनुभएको पसिनाले भोलिका दिनमा फिल्डमा देखिने हरेक समस्या र चुनौतीहरुको समाधानमा सफल हुनुहुनेछ । तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरुलाई परिणाममुखी बनाउन सफल हुनुहुनेछ भन्ने अपेक्षा गरेको छु । नेपाल प्रहरीका तालिम आवश्यक्ता अनुरुप बजेट विनियोजन हुँदै आएको छ । चुनौतीको सामना गर्न सक्षम जनशक्तिको विकास गर्न संगठनले थप नयाँ तालिमको महशुस गरे त्यसमा नेपाल सरकार र गृहमन्त्रालय सकारात्मक छ ।’

कानूनी राज्यको स्थापनाका लागि दृढ रहन निर्दशन गर्दछु । आफ्ना जिम्मेवारीहरुलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभुति दिन निर्देशन दिन्छु । प्रविधिबाट सिर्जित नविन समस्याको समाधान प्रविधिमैत्री प्रहरी प्रविधिले सुसज्जित श्रोत, साधनले मात्र गर्नसक्छ । नेपाल सरकार र गृह मन्त्रालय प्रविधिमैत्री प्रहरीलाई अनुकुल हुने वातावरण निर्माणका लागि श्रोत, साधनको व्यवस्थापनमा सहयोग गर्दै आएको छ । प्रहरीको आधुनिकीकरण र प्रविधिकरण नेपाल सरकारको प्राथमिकतामा छ ।’

गृहमन्त्री खाँणले आगामी दिनमा आउने विभिन्न चुनौतीलाई समाधान गर्न सक्षम बन्ने हरेक कार्यक्रमका लागि सरकार नेपाल प्रहरीको सहयोगमा हुने विश्वास व्यक्त गर्नुभयो ।