८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

कोहारलाई उत्तराधिकारीकै चिन्ता

कोहारलाई उत्तराधिकारीकै चिन्ता
अ अ+ अ-

भैरहवा । दीपावलीमा माटोबाट बनेको पाला (दियो) को ग्राहक बढेपछि यस्तो पाला बनाउने कोहार समुदाय उत्साहित छन् । विशेषगरी तिहारलाई नै लक्षित गरी बनाइएको माटोको सामग्रीले राम्रो बजार लिएकामा उनीहरू हर्षित भएका हुन् ।

रोहिणी गाउँपालिका–३ धकधईका ६५ वर्षीय कोइल कोहारले यस वर्षको दीपावलीमा ४० हजार गोटा बिक्री गर्ने गरी माटाका पाला तयार गर्नुभएको थियो । दीपावलीको अघिल्लो दिनसम्म अधिकांश पालाहरु बिक्री गरिसकेको उहाँले सुनाउनुभयो ।

दीपावलीबाट नै वर्षभरी पुग्ने खर्चको जोहो गर्नु पर्ने उहाँलाई बाध्यता छ । उहाँले पाला बिक्री गरेर नै चार गोन जति धान र रु २० हजार जति पैसा कमाएको बताउनुभयो । उहाँले अब उमेर गइसकेका कारण पहिलाको तुलनामा धेरै कम पाला बनाउने गरेको बताउनुभयो । “१४–१५ वर्षको उमेरदेखि नै माटोको भाँडा बनाउन सुरु गरेको हुँ”, कोहारले भन्नुभयो, “यसको बजार पहिलेभन्दा अहिले राम्रो छ ।”

रोहिणी–३ मा रहेका ३२ कोहार परिवारलाई अहिले माटोका सामग्री पाला, घण्टी, कोसा, भुड्कीलगायतका सामग्री बिक्री गर्न भ्याइनभ्याइ छ । उनीहरू स्थानीय बजार मात्र नभई नारायणगढ, स्याङ्जा, पोखरासम्म माटोको सामग्री बिक्री गर्ने गरेको बताउँछन् ।

कोइल जस्तै अर्को पुस्ता ३७ वर्षीय साधे कोहार अहिले त ग्राहकहरू घरमै समान किन्न आउने गरेको बताउनुहुन्छ । “बनाउन मात्र धौ धौ हो, बजारलाई समस्या छैन”, साधेले भन्नुभयो । छेउछाउमा काँचो माटोको पाला राखेका साधेले अहिले यसलाई पोल्न पनि बाँकी रहेको सुनाउनुभयो । “तिहार टाउकोमै आइसक्यो, बनाएर मात्र भएन, यसलाई बेच्नु पनि छ”, उहाँले आफ्नो चिन्ता सुनाउनुभयो ।

बजार राम्रो रहे पनि अबका पुस्ता आफ्नो पराम्परागत पेशामा रम्न नसकेको अगुवा कोहारहरुको गुनासो छ । माटोको काममा लगानी बढी र आम्दानी कम भएपछि नयाँ पुस्ताले यो कलामा रुचि नदेखाएको कोइल बताउनुहुन्छ । “भाँडा बनाउन माटो नै पाइन्न, जर्ना दाउराको पनि उस्तै समस्या छ । लगानी नै बढी आउँछ, त्यसैले म नै सायद यसको अन्तिम कलाकार हो”, कोइलले गुनासो गर्नुभयो ।

माटोलाई सुन्दर आकृति दिन खप्पिस मानिने कोहार समुदाय विभिन्न समस्याले उत्तराधिकारीकै कारण यो कला गुमाउने अवस्थामा पुगेको छ । माटोबाट विभिन्न भगवान्, जनावरको आकृति, भुड्की, पालालगायतका सामग्री बनाउने यो समुदायका अधिकांश युवा पालाबाहेक अरु केही बनाउनै सक्दैनन् । आम्दानी नै कम भएको हुँदा वैकल्पिक पेशातिर लागेको उनीहरूको भनाइ छ ।

कोहार समुदायलाई सबैभन्दा बढी समस्या माटो र जर्ना दाउराको रहेको अगुवा कोइल कोहार बताउनुहुन्छ । यो सिजनमा ४० हजार पाला बिक्री गर्ने लक्ष्य राख्नुभएका उहाँले जर्ना दाउराले लागत बढाएको सुनाउनुभयो । “बनाउन सके त जति पनि बिक्छ, बजारको कमी छैन तर भाँडा पकाउन दाउरा नै पाइन्न”, कोहारले आफ्नो समस्या सुनाउनुभयो । पन्ध्र वर्षको उमेरदेखि माटोसित खेल्दै आउनुभएका उहाँले स्थानीय तहको सहयोगको आश समेत गर्नुभयो । “अहिले प्रधानहरु आएका छन्, हाम्रा लागि जर्नाको व्यवस्था गरिदिए केही हुन्थ्यो कि”, वृद्ध कोइलले भन्नुभयो ।

लगानी बढी भए पनि यसैलाई आफ्नो पेशा बनाएका पनि केही कोहार समुदाय छन् । कोही दीपावलीमा मात्र त कोही बाह्रै महिना यही कामबाट आम्दानी गरी आफ्नो परिवार पालेका छन् । अन्ठाउन्न वर्षीयय रामदेव कोहार सिजनको रूपमा व्यापार गर्नुहुन्छ । यो दीपावलीमा करिब ३० हजार पाला बेचेर चार गोन जति धान र रु २० देखि २५ हजार कमाउने उहाँको लक्ष्य छ । यसबाट र अन्य खेतीको उत्पादनबाट उहाँ आफ्नो परिवारको खर्च धान्ने मनस्थितिमा हुनुहन्छ ।

उहाँभन्दा अलि ठूलो कारोबारी राम किसुन कोहार हुनुहुन्छ । उहाँले माटोको भुड्की बनाएर पोखरासम्म बजार फैलाउनुभएको छ । विशेषगरी माटोको भुड्की र अन्य भाँडा बनाउन खप्पिस उहाँ यसैबाट आफ्नो परिवार चलेको सुनाउनुहुन्छ ।

स्थानीय तहहरूले यस्ता पराम्परागत सीपलाई संरक्षण गर्न आवश्यक रहेको कोेहारहरूको भनाइ छ । स्थानीय सरकारले यस्ता सीपमूलक व्यवसायमा लगानी गरे नयाँ पुस्ता यसमा आकर्षण हुने सम्भावना पर्याप्त रहेको स्थानीयवासी महेश कोहारले बताउनुभयो । “यस्ता मौलिक पेशालाई व्यवस्थित र सीपमूलक बनाउनेतिर राज्यको ध्यान गए आफ्नो पेशा पनि संरक्षित हुने र जीवन निर्वाहका लागि विदेशिनु पर्ने समस्या हट्ने छ”, महेशले भन्नुभयो ।