१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इप्सविचको पोस्टमा सिटीको आधा दर्जन गोल, ब्राइटनसँग युनाइटेड स्तब्ध



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । गएराति भएको खेलमा सिटीले इप्सविच टाउनलाई उसकै घरेलु मैदानमा ६–० गोलले हराएको हो ।

सिटीलाई फराकिलो जित दिलाउन फिल फोडेनले दुई तथा कोभासिच, जेरेमी डोकु, एर्लिङ हालाण्ड र जेम्स म्याकाटीले एक–एक गोल गरे ।

जितसँगै सिटी २२ खेलबाट ३८ अंकका साथ तालिकाको चौंथो स्थानमा छ । इप्सविच १६ अंकका साथ १८ औं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले हार ब्यहोरेको छ । युनाइटेड घरेलु मैदानमै ब्राइटनसँग १–३ गोलले स्तब्ध बनेको हो ।

खेलको पाँचौं मिनेटमा यान्कुवा मिन्तेहले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए । तर, दोस्रो हाफमा युनाइटेडले दुई गोल खायो ।

६० औं मिनेटमा काओरु मितोमा र ७६ औं मिनेटमा जर्जिनिओ रटरले गोल गर्दै ब्राइटनलाई जित दिलाए ।

यो नतिजापछि युनाइटेड २२ खेलबाट २६ अंकका साथ १३ औं स्थानमा छ भने ब्राइटन ३४ अंकका साथ नवौं स्थानमा छ ।