• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

ओलीले सुरु गरे सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद सुरु गरेका छन् ।

अध्यक्ष ओलीले मंगलबार टेलिफोन संवादका लागि सर्वसाधारणसँग टेलिफोन नम्बर टिपाउन आग्रह गरेका थिए ।

सोही अनुरूप मंगलबार साँझदेखि बिहीबार मध्यान्हसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको ओलीको सचिवालयले जनाएको छ ।

ओलीले आसन्न चुनावका सन्दर्भमा सर्वसाधारणसँग सुझाव लिन फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आह्वान गरेका हुन् ।