९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

प्रचण्ड र बाबुरामले बनाएका धार नै नेपालका लागि उपयुक्तः बाबुराम भट्टराई(भिडीयोसहित)

प्रचण्ड र बाबुरामले बनाएका धार नै नेपालका लागि उपयुक्तः बाबुराम भट्टराई(भिडीयोसहित)
file photo
अ अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनैपनि हालतमा सह्य नहुने चेतावनी दिनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतमा पराजित भएका प्रतिगामी शक्तिहरु अहिले विभिन्न बहानामा जुर्मुराइरहेको भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताउनुभएको हो ।

अध्यक्ष भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको जिकिर गर्नुभयो । उहाँले आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुलाई निस्तेज पार्नुको कुनै विकल्प नभएको बताउनु भयो । उहाँले देशमा विकास र समृद्धि, सुशासन दिन नसक्दा युवाहरुमा निराशा छाएको भन्दै शीर्ष तहले यसको उचित सम्बोधन गर्न जरुरी रहेको बताउनु भयो ।

अध्यक्ष भट्टराईले आगामी ५ वर्ष स्थिरता कायम गरी देश विकासका लागि खर्च गर्ने समय रहेको बताउनु भयो । उहाँले प्रतिगमनलाई रोक्नका लागि पनि आगामी निर्वाचनमा गठबन्धनको विकल्प नभएको बताउनु भयो । उहाँले तत्काल गठबन्धनका कुनै विकल्प नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिलो संविधान सभाबाट जुन एउटा गठबन्धनको सरकार बन्यो, त्यसले पनि ५ वर्ष पूरा गर्न सकेन । बरु उल्टै हिजो संघीय लाकतान्त्रिक गणतन्त्रका निम्ति लडेका, लागेका हाम्रा कतिपय साथीहरुको मतिभ्रष्ट भएर भनौँ, विभिन्न शक्तिहरुको चलखेलको कारणले भनौँ फेरि त्यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई धराशायी पार्ने खालका कामहरु भए । त्यसैलाई यो प्रतिगमन बिरोधी संघर्ष भनेर फेरि यो प्रतिगमनलाई रोक्नको निम्ति हामी एक ठाउँमा आयौँ । त्यही क्रममा यो वाम र लोकतान्त्रिक गठबन्धन हामीले निर्माण गरेको हो ।’

‘अहिलेको निर्वाचनमा पनि यो गठबन्धन बनाउनुको अर्थ के हो भने २००७ सालदेखि लडेर ल्याएको लोकतन्त्रलाई कुनैपनि हालतमा, कुनैपनि बहानामा प्रतिगमनतिर हामी लैजान दिँदैनौँ । यसको हामी रक्षा गर्छौँ । यो चुनावको पहिलो मुद्दा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु हो । यो निर्वाचनले प्रतिगमनकारी शक्तिहरु विभिन्न बहानामा जुर्मुराइरहेका छन्, हिजो पराजित भएका सामन्ति शक्तिहरु विभिन्न ढंगले चलखेल गरेर यो व्यवस्था उल्ट्याउन लागेका प्रतिगमन शक्तिहरु तिनलाई निस्तेज र पराजित गर्छौं की फेरि पनि हामी आपसमा लडेर तिनै शक्तिलाई अघि बढाउँछौँ यो एउटा चुनौती हो ।’

‘त्यसैले यो अग्रगमनकारी मोर्चाले जित्नैपर्छ । यसले हार्नु भनेको २००७ साल देखिको लडेर ल्याएको लोकतन्त्र धरापमा पर्नु हो । नेपालको राजधानी काठमाडौं नेपालको राजनीतिको ५० औं वर्षदेखि निर्णय गर्ने दिशा कता जान्छ, त्यो निर्णय काठमाडौंले गर्ने गरेको छ । हामीबाट पनि विगतमा केही कमजोरी भए । लोकतन्त्र भनेको सिक्दै जाने हो । हामीबाट पनि केही मानवीय कमजोरी भएकै हो । तर त्यसको बहानामा यसलाई उल्ट्याउने हर्कत सह्य हुन सक्दैन । देशमा विकास र समृद्धि, सुशासन दिन नसक्दा युवाहरुमा निराशा छ, त्यसलाई हामीले सम्बोधन गर्नैपर्छ ।’

अध्यक्ष भट्टराईले आगामी निर्वाचन गठबन्धन दललाई कुनैपनि हालतमा जिताउनै पर्ने भन्दै देशका लागि आगामी ५ वर्ष स्थिरता र असन्तोषलाई पूरा गर्ने समय भएको बताउनु भयो । उहाँले विगतका कमजोरीलाई आत्मसाथ गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेकपा एमालेप्रति लक्षित गर्दै केशरजंग रायमाझी धार बोकेका शक्तिहरुले पुराना सामन्तवादी शक्तिहरुसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुनिरहेको बताउनु भयो । उहाँले पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र आफूले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त धार रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो निर्वाचनलाई यो गठबन्धनलाई हामीले कुनैपनि हालतमा जिताउनै पर्छ । यो गठबन्धनलाई हामीले यसपटक जिताएर ५ वर्षको एउटा स्थिर सरकार दिने ग्यारेन्टी गर्नुपर्छ । यो गरेको खण्डमा काँग्रेस र वामपन्थी भित्र जुन असन्तुष्टि छन्, त्यसलाई पनि सम्बोधन गरेर जानसक्छौँ । हामीले निर्वाचनमा राम्रो प्रदर्शन गर्न सकेनौँ भने आफ्ना आफ्ना स्वार्थ टक्करका कारणले भने त्यसपछि पनि विगतको जुन कटु अनुभव भयो, दुई तिहाई नजिकको बहुमत भएर पनि ५ वर्ष सरकार चलाउन नसक्ने स्थिति देखाप¥यो ।’

‘हामीले पनि त्यही गति दोहा¥याउने हो भने जनताले हामीलाई विश्वास गर्दैनन् । अहिले प्रतिगमनको नेतृत्व गरिरहेको जुन शक्ति छ, त्यसले नेपालको वामपन्थी आन्दोलनको मुलधार पुष्पलालहरुले नेतृत्व गरेको जुन धार हो, त्यो भन्दा विपरित सामन्तवादलाई नजिक ठान्ने केशरजंग रायमाझी धार बोकेका जुन शक्तिहरुले पुराना सामन्तवादी शक्तिहरुसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुन्दैछन्, त्यो अत्यन्त घातक छ । हामीले त्यो खतराबाट बच्नुपर्छ । पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय प्रचण्ड र बाबुरामले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त छ ।’

अध्यक्ष भट्टराईले आगामी निर्वाचनमा गठबन्धनले राम्रो प्रदर्शन गर्न नसके विगतको अवस्था दोहोरिनसक्ने बताउनु भयो ।