१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी

कर्णालीमा भेट्ने बाचासहित नवौँ राष्ट्रिय खेलकुदको भव्य समापन

कर्णालीमा भेट्ने बाचासहित नवौँ राष्ट्रिय खेलकुदको भव्य समापन
अ अ+ अ-

कास्की । गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुदको बिहीबार राति पोखरा रङ्गशालाबाट हजारौँको उपस्थितिमा भव्य समापन गरिएको छ ।

आगामी दुई वर्षपछि कर्णाली प्रदेशमा भेट्ने बाचासहित नवौँ राष्ट्रिय खेलकुद पोखराबाट बिदाइ गरियो । विसं २०८१ मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशले १०औँ संस्करणको राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पाएको छ । नवौँको समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई १०औँ राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरेपछि पोखराले राष्ट्रिय खेलकुदको बिदाइ गरेको हो ।

विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, मार्चपास र आतिशबाजीसहित भव्य समारोहका बीचमा नवौँको बिदाइ गरियो । पोखरा रङ्गशालामा भरिभराउ दर्शकले खुसीयाली मनाउँदै राष्ट्रिय खेलकुदको भव्य समापन समारोहमा सहभागिता जनाए । गण्डकी प्रदेशका आठ जिल्लामा गतअसोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका ३६ खेल सञ्चालन भए । केही गुनासा, केही अभाव र अव्यवस्थाका बीचमा समग्रमा गण्डकीमा आयोजना भएको राष्ट्रिय खेलकुद भव्य बनेको खेलकर्मीको बुझाइ छ ।

चार दशकपछि आयोजनाको जिम्मेवारी पाएको गण्डकीले भव्य गरेर प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा छ हजारभन्दा बढी खेलाडीले आफ्नो खेल कौशल प्रदर्शन गरे, नयाँ–नयाँ राष्ट्रिय कीर्तिमान कायम भयो र प्रतियोगिता सकियो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक एक सय ७२ स्वर्ण पदक जितेर च्याम्पियन बनेको छ । आर्मी लगातार तीन संस्करणमा च्याम्पियन बन्यो । यसअघि सातौँ र आठौँ राट्रिय खेलकुदमा पनि आर्मी सर्वाधिक पदक जितेर च्याम्पियन बनेको थियो । प्रतियोगितामा सेनाले स्वर्ण एक सय ७२, रजत एक सय १० र ८९ कास्य गरी तीन सय ७१ पदक जितेर च्याम्पियन बनेको हो ।्

पहिलोपटक राष्ट्रिय खेलकुदको विजेतालाई सुन र चाँदी समावेश गरेर बनाइएको ट्रफी प्रदान गरिएको हो । यसैगरी सशस्त्र प्रहरीको एपिएफले ६५ स्वर्ण, ७२ रजत र ८२ कास्यसहित दुई सय १९ पदक जितेर द्वितीय भएको छ । नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ कास्य र ७३ रजतसहित कूल एक सय ९५ पदक जितेको छ । घरेलु मैदानको सदुपयोग गर्दै आयोजक गण्डकी प्रदेश चौथो तथा प्रदेशहरूमध्येमा पहिलो हुन सफल भयो ।

गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्यसहित एक सय २० पदकसहित समग्रमा चौथो भएको छ । बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदकसहित एक सय ४५ पदकसहित पाँचौँ स्थानमा रहन सफल भयो । प्रदेश नं १ ले १० स्वर्ण, २३ रजत र ५० कास्य पदकसहित छैटौँ भएको छ । सुदूरपश्चिम प्रदेश १० स्वर्ण, १० रजत ४३ कास्यसहित ६३ पदक जित्न सफल भयो । एनआरएनएले १० स्वर्ण, नौ रजत र सात कास्य गरी कुल २६ पदक जित्दा लुम्बिनी प्रदेशले छ स्वर्ण, २२ रजत र ४० कास्य गरी ६८ पदक जितेको छ । मधेस प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ कास्य गरी ३९ पदक जित्दा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कास्यसहित १८ पदक जितेको छ ।