२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एपिएफलाई फुटबलको स्वर्ण



अ+ अ-

काठमाडौं । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लवलाई सडेन डेथमा स्तब्ध बनाउँदै एपिएफ क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा बिहीवार स्वर्ण पदक जितेको छ ।

पोखरा रंगशालामा भएको फाइनल प्रतिष्पर्धामा एपिएफले सडेन डेथमा आर्मीलाई हराउँदै स्वर्ण पदक जितेको थियो । एपिएफले पेनाल्टी सुटआउटमा ६–५ अन्तरले पराजित गरेको हो । यसअघि निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दुवै टोलीमा एक एक खेलाडीले रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

त्यसपछि १० खेलाडीमा सिमित भएका दुवै टोलीबाट प्रतिष्पर्धात्मक खेल भएको थियो । खेल अवधिभर एपिएफले आर्मीमाथि दबाब दिएर खेल्दै सुनौला अवसर बुनेपनि सदुपयोग गर्न चुकेको थियो । आर्मीले पनि केही राम्रा अवसर खेर फाल्न पुगेको थियो । यस पराजयसँगै आर्मीले पुरुष फुटबलमा रजत पदकमा चित्त बुझाएको छ ।

उता कास्य पदकका लागि भएको प्रतिष्पर्धामा सुदूरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै गण्डकी तेस्रो भयो । गण्डकीको जितमा कमल थापाले फ्रिकिकमार्फत गरेको गोल निर्णायक भएको थियो ।

यस्तै महिला फुटबलमा भने विभागीय टोली एपिएफ क्लवले स्वर्ण जितेको छ । स्याङ्जाको वालिङमा बिहीवार भएको फाइनल प्रतिष्पर्धामा एपिएफले नेपाल पुलिस क्लवलाई २–१ गोल अन्तरले स्तब्ध बनाउँदै स्वर्ण पदक जितेको हो । निकै रोमाञ्चक बनेको खेलमा एपिएफले स्वर्ण पदकमा बाजी मार्दा दुवै गोल सावित्रा भण्डारीले गरेकी हुन् भने पुलिसका लागि निरु थापाले एक गोल फर्काएकी थिइन् । दुई गोल गरेकी सावित्राले सबै खेलमा गोल गरेकी छिन् । उनले प्रतितयोगिता भर १४ गोल गर्न सफल भइन् ।

यस्तै महिला फुटबलमा त्रिभुवन आर्मी क्लवले कास्य पदक जितेको छ । तेस्रो स्थानको प्रतिष्पर्धामा आर्मीले प्रदेश १ लाई ७–० ले पराजित गर्दै कास्य पदक जितेको हो । आर्मीको जितमा स्ट्राइकर अमिशा कार्कीले ह्याट्रिक गरिन् । यसबाहेक कप्तान हिमा चौधरी, चन्द्रा भण्डारी र कुसुम खतिवडाले एकएक गोल गरे । खेलको तेस्रो मिनेटमै हिमाले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् । अमिशाले खेलको ५, ३५ र १औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् ।