१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी

फूलको मौसमः घरआँगनकै फूलबाट थैली भर्दै गृहिणी

फूलको मौसमः घरआँगनकै फूलबाट थैली भर्दै गृहिणी
अ अ+ अ-

महोत्तरी । दीपावली पर्व सर्वसाधारण गृहिणीलाई आफैँले नसोचेको आर्जनको अवसर बन्दैछ । घरआँगनमा शोभाका लागि लगाइएका फूलका बोटबाटै महोत्तरीका सर्वसाधारण गृहिणीले धेरथोर नगद थैलीमा भर्न पाएका छन् ।

दीपावली (तिहार) पर्व नजिकिएसँगै फूल खोज्ने व्यापारी घरघरै पुग्न थालेपछि महोत्तरी जिल्लाका गाउँ–नगर बस्तीका सर्वसाधारण गृहिणीका लागि आफ्नै घरआँगन र करेसामा शोभाका लागि लगाइएको फूल अतिरिक्त आम्दानीको स्रोत बनेको हो । घरको सौन्दर्य र दैनिक पूजाअर्चनाको उद्देश्यले लगाइएको फूलबाट घरमै आएका व्यापारीले राम्रो रकम दिन थालेपछि यहाँका सर्वसाधारण गृहिणीका थैली अहिले पैसाले खँदिला बनेका छन् ।

“हेर्नोस न, त्यही मठवरिपरि लगाइएको फूल न हो”, भङ्गाहा नगरपालिका–४ की गृहिणी गोमादेवी पुmँयालले भन्नुभयो, “हिजो घरमै फूल खोज्न आएका व्यापारीले रु दुई हजारमा दिनोस् भन्दै बैनास्वरुप (पेश्की, सामान किन्दा गरिने बोलकवोल) रु एक हजार दिएर गए ।” तुलसीको मठवरिपरि एकाध जग्गाकै सयपत्री फूलले आफ्नो घरको आवश्यकता टारेर दुई हजार दिने भएपछि फुँयाल अब भने तिहारलक्षित सयपत्री फूलखेती नै गर्ने टुङ्गोमा पुग्नुभएको छ ।

आफ्नै घरआँगनको फूलले अतिरिक्त आम्दानी दिने भएपछि फुँयालका अन्य छिमेकी गृहिणी महिला पनि अब व्यावसायिकरूपमै फूलखेती गर्ने टुङ्गोमा पुगेका छन् । “मखमली र सयपत्री फूल खोज्न आउने व्यापारीले मैले भनेकै मूल्यमा फूल लाने टुङ्गो गरेका छन्”, आफ्नो आँगन छेउका ५० बोटजति सयपत्री फूलका बोट देखाउँदै सो बस्तीकै अर्की गृहिणी समिता महतोले भन्नुभयो, “अबचाहिँ बिक्री नै गर्ने गरी फूलखेती गरिन्छ ।” यसपालि तिहार सुरु हुनपूर्व नै आफ्नो घरआँगनमा फुलेको फूलले नसोचेको आम्दानी दिएपछि जिल्लाको उत्तरवर्ती क्षेत्रका गृहिणी महिलाको अब व्यावसायिकरूपमै फूलखेती गर्ने सोच बनेको हो ।

कुनै व्यावसायिक प्रयोजनबिना नै शोभा र चाडपर्वमा आफ्नै आवश्यकताका लागि लगाइएको घरआँगनको मखमली, सयपत्री र गोदावरीसहितका फूलले घरै बसीबसी दुई–चार हजार आम्दानी बनाइदिएको घरायसी काममै ब्यस्त रहने गृहिणी महिलाको भनाइ छ । यसपालि तिहारकै लागि फूल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ५० वटा जति बोटका सयपत्री फूल लाँदा तीन हजारभन्दा बढी आम्दानी हुने भएको बर्दिवास–२ बारनचौडीकी गायत्री आचार्य बताउनुहुन्छ ।

अहिले तिहार नजिकिएसँगै फूल खोज्ने ग्राहक र व्यापारीको जिल्लाका गाउँ, नगर बस्तीमा लर्को नै देखिने गरेको छ । पर्वविशेषले गर्दा फूल खोज्नेहरूले मोलमोलाइ नगरीकनै राम्रो मूल्य दिएपछि हरेक वर्ष तिहारमा उत्पादन लिने गरी फूल खेती गर्न आफ्नो वरपरका सबैजसो गृहिणी महिला अग्रसर देखिएका बर्दिवास–६ कृष्णपुरकी दीपा राजभण्डारीको भनाइ छ ।

जिल्लामा फूलको व्यावसायिक खेती गरिएको खासै नदेखिए पनि अब यसको सम्भावना बढेको कृषि विज्ञ बताउँछन् । तिहार र छठजस्ता पर्व र सालैभरि आयोजना हुने धार्मिक अनुष्ठान एवं् पूजाअर्चनालाई लक्षित गरी यसको व्यावसायिक खेती सुरु गरिए थप एउटा आर्जनको बाटो खुल्ने कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत डा रामचन्द्र यादव बताउनुहुन्छ ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह रहेका छन् । पछिल्ला पाँच–छ वर्षदेखि बलवा नगरपालिकाको बनौटा, धमौरा र पडौल बस्तीमा भने किसानले व्यावसायिकरूपमै फूलखेती सुरु गरेका छन् । यी बस्तीका फूलखेती गर्ने किसानले पनि जग्गाको अभाव नभए पनि दुई–तीन कठ्ठाभन्दा फूल खेतीको क्षेत्रफल बढाउन नसकेका बलवा नगरका प्रमुख रामविजय महतो बताउनुहुन्छ । “फूलखेतीबाट आम्दानी राम्रो भएको किसान बताउँछन्”, नगरप्रमुख महतोले भन्नुभयो, “तर खेती गर्ने किसान र खेतीको क्षेत्रफल भने जहीँको त्यहीँ नै छ ।” नगरपालिका कार्यालय फूलखेती गर्ने किसानलाई बीउ र अन्य प्राविधिक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउँदै प्रमुख महतोले आउने वर्ष गरिने फूलखेतीबारे समय ९सिजनअघि नै०मै कार्यालयमा सम्पर्क गर्न अपिलसमेत गर्नुभयो ।

बलवा नगरपालिकाका यी बस्तीमा व्यावसायिक फूलखेती गर्ने किसानका घरमै टाढा–टाढाबाट व्यापारी पुग्ने गरेका छन् । “हामीले फूल बेच्न अहिलेसम्म भौँतारिनुपरेको छैन”, पडौल बस्तीका किसान शुभनारायण यादव भन्नुहुन्छ, “हाम्रो बारीको फूल व्यापारी यहीँ आएर लाने गरेका छन् ।” यी बस्तीमा उत्पादित फूलको गुणस्तर राम्रो भएकाले यहाँको उत्पादन रोजाइमा पर्ने गरेको व्यापारी बताउँछन् । यी बस्तीमा उत्पादित फूल राजधानी काठमाडौँसहित विभिन्न सहरमा पु¥याइने गरिएको वर्षौँदेखि फूल व्यापार गर्दै आएका जनकपुरका व्यापारी सकलदेव मण्डलले बताउनुभयो ।

बलवाका यी बस्तीको देखासिकीबाट छिमेकको पिपरा, भङ्गाहा, लोहारपट्टी र महोत्तरीसहितका स्थानीय तहका बस्तीमा केही किसानले व्यावसायिक फूलखेती थालेका छन् । पछिल्लोपटक फूलको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ सङ्कलनमा सहयोग गर्न जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गरिने जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णको भनाइ छ ।

अहिले फूलखेतीबारे रुचि देखाउनेमा महिलाको सङ्ख्या अधिक छ । फूलखेती गर्न चाहनेलाई प्राविधिक परामर्श र उन्नत बीउ छनोटमा सहयोग गरिने कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरी जलेश्वरले जनाएको छ । जिल्लामा अहिले करिब १०–१५ बिघा क्षेत्रफलमा मात्र व्यावसायिक फूलखेती हुँदै आएको कार्यालय प्रमुख डा यादवको भनाइ छ ।