२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौंँ राष्ट्रिय खेलकुदः एक सय ७३ स्वर्णसहित आर्मी अग्रस्थानमा



स्वर्ण पदक देखाउँदै त्रिभुवन आर्मी क्लबका खेलाडी ।
अ+ अ-

गण्डकी । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तिमचरणमा आइपुग्दा विभागी टिम नेपाल आर्मी एक सय ७३ स्वर्णसहित अग्रस्थानमा छ । लगभग सबै पदकको छिनाफानो हुने क्रममा आर्मीले एक सय ३७ स्वर्णसहित कूल तीन सय ६९ पदक हात पारेको हो ।

नवौंँ राष्ट्रिय खेलको दोस्रो स्थान एपिएफले सुरक्षित गरेको छ । एपिएफले ६२ स्वर्णसहित दुई सय १८ पदक हात पारेको छ भने नेपाल पुलिस ६१ स्वर्णसहित एक सय ९३ पदक जित्दै तेस्रो स्थानमा छ ।

त्यस्तै आयोजक गण्डकी ३२ स्वर्णसहित एक सय १९, बागमती २२ स्वर्णसहित एक सय ४२, प्रदेश नं १ः १० स्वर्णसहित ८३, सुदूरपश्चिम १० स्वर्णसहित ६३, एनआरएनए १० स्वर्णसहित २६, लुम्बिनी सात स्वर्णसहित ६८, मधेश पाँच स्वर्णसहित ३९ र कर्णालीले दुई स्वर्णसहित १८ पदक हात पारेको छ ।

नवौंँ राष्ट्रिय खेलकुदको भव्य समारोहकाबीच आज समापन गरिँदैछ । असोज २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गर्नुभएको प्रतियोगिताको प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन गर्न लागिएको हो ।