२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई आयोगको पत्र



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले रौटहट- १ का उम्मेदवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको छ ।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो । नेता नेपालले रौतहटमा आयोजित एक कार्यक्रममा आफूले निर्वाचन जिते देश बाहिर युवालाई बिना पौसा रोजगारीको अवसर दिने आश्वासन दिनुभएको थियो ।

नेता नेपालले ‘बिना ढेउवा के भिसा मिल्ते है, टिकट मिल्ते है, काठमाडौंमे तालिम मिल्ते है ‘भनी मतदातालाई प्रभाबित पार्ने अभिव्यक्ति दिनु भएको थियो ।

आयोगले नेपाललाई २४ घण्टाभित्र आफैं उपस्थित भएर वा आफ्ना प्रतिनिधिमार्फत लिखित रुपमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।