१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी

पूर्वराजा ज्ञानेन्द्रलाई तेस्रोपटक राजा बनाउन १९ गते नारायणहिटीमा धर्ना बस्दै शाहीयुवा

पूर्वराजा ज्ञानेन्द्रलाई तेस्रोपटक राजा बनाउन १९ गते नारायणहिटीमा धर्ना बस्दै शाहीयुवा
अ अ+ अ-

काठमाडौं । शाहीयुवा शक्ति नेपालले राजाको गद्दी आरोहणको माग गर्दै नारायणहिटीमा परिक्रममा गरी धर्ना दिने भएको छ ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त शक्तिले पुर्वराजा का लागि आगामी कार्तिक १९ गते दिउँसो १२ बजे धर्ना कार्यक्रम राखिएको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष पशुपति खड्काले २०७२ सालमा जारी गरिएको संविधानलाई चोरबाटोबाट ल्याइएको बताएका छन् । उनले भने,‘ शाहीयुवा शक्ति नेपालले सुरुदेखि नै चोरबाट ल्याइएको संविधान, गणतन्त्र, धर्मनिरपेक्षता, लोकतन्त्र खारेज गर्नुपर्छ भन्दै आवाज उठाउदै आएको छ । जनतालाई रनभुल्लमा पारेर पहिलो संविधानसभाको निर्वाचन गराएर जंगली माओवादीलाई पहिलो पार्टी बनाइयो ।’

उनले वर्षौसम्म नेताहरुको विरोध गर्ने तर चुनाव आएपछि जनताले सबै बिर्सेर तिनै नेताहरुलाई भोट हाल्ने परिपाटी रहेको उल्लेख गर्दै जनताकै कारण देश नै नरहने होकी भन्ने चिन्ता लागेको सुनाए । आगामी मंसिरमा हुन गइरहेको चुनाव विदेशीको इशारा, डिजाइन र पैसामा हुन लागेको अध्यक्ष खड्काले आरोप लगाए । उनले जनता अझैपनि मासु, भात र पैसाको भ्रममा परिरहेको देख्दा निकै दुःख लागेको गुनासो पोखे ।

नेपालको भूराजनीतिलाई हेर्दा राजासहितको प्रजातन्त्र नै उत्तम र उपयुक्त विकल्प महसुस गरिएको उनको भनाइ थियो । उनले भने,‘राजसंस्था देशकै सम्पक्ति हो । अधिकांश जनताले राजालाई गद्दीमा ल्याएर बसाउन चाहेका छन् ।’ अहिले गणतन्त्रको नाममा नेताहरु तानाशाही भएको उनले टिप्पणी गरे । उनले शाही शक्ति नेपालले व्यक्तिगत नभई देशको हितको लागि राजा ल्याउन खोजेकोस्पष्ट पारे । अहिलेका नेताहरुको विरुद्ध जनता सडकमा नआएसम्म उनीहरुले देशलाई लुटिरहने भन्दै उनले अब जनता भ्रष्टाचारी नेताहरुको काम टुलुटुलु हेरेर बस्न नहुने तर्क गरे । नेताहरुले भ्रष्टाचार गरेको सामाजिक सञ्जालमा आउदाँपनि सबै जनता टुलुटुलु हेरेरमात्रै बसिरेको उनको आरोप थियो ।

आगामी निर्वाचनमा नेपाली जनताले भोट नहालेर राजा चाहियो भनी लेखेर दिएमा गणतन्त्रको अन्त्य हुन सक्ने तर्क गर्दै उनले भने,‘जनताले त्यसो गरेर वहिस्कार गरेमा चुनाव असफल हुन्छ र गणतन्त्रवादी राक्षसको अमृत यही सकिन्छ ।’ खड्काले सिंगो नेपालको अस्तित्वको निर्माण राजसंस्थाले गरेको र त्यसको गुण बिर्सन नहुने तर्क गरे ।

गणतन्त्रपछि देशको हालत बिग्रिएको उनको दाबी थियो र जनताहरु पार्टीको झण्डा शिरमा बाँधेर अगाडि बढेमा देश टुक्राटुक्रा हुने उनले धारणा राखे । राजाबिना नेपाली र देशको अस्तित्व नहुने भन्दै उनले राजा नहुँदा विदेशीले नेपालमा नांगो हस्तक्षेप गरेको दाबी गरे । देशका सबै समस्याको समाधान राजालाई तेस्रोपटक गद्दी आरोहण गराएपछि अन्त्य हुने उनको दाबी थियो । उनले भने,‘नेपाली जनताले तेस्रोपटक श्री ५ ज्ञानेन्द्रलाई राजा बनाउन डराउन हुन्न, हिच्कीचाउनु हुन्न, राजा फर्काउनुपर्छ, नेपाल बचाउनुपर्छ ।’

त्यस्तै, शाहीयुवा शक्ति नेपालका केन्द्रीय उपाध्यक्ष प्रेम बैदारले अहिलेको नेताहरुलाई देश जिम्मा दिइरहेमा चाँडैनै नेपाल सिक्किमीकरण हुने बताएका छन् । नेताहरुलाई दलालको संज्ञा दिँदै उनले अब पनि दलाल, भ्रष्ट्राचारीलाई भोट दिएर देशको भलो नहुने टिप्पणी गरे । आगामी चुनाव गणतन्त्रवादीहरुको अन्तिम हुने उनको ठोकुवा थियो ।

आगामी मंसिर ४ गते हुने निर्वाचनलाई आम नेपालीले बहिस्कार गर्नुपर्ने भन्दै बैदारले सम्पुर्ण देशवासीलाई चुनावमा सहभागी नहुन अपिल गरे । उनले तिहार सकिएलगत्तै कात्तिक १९ गते (शनिबार) शाहीयुवा शक्ति नेपालले आयोजना गर्ने नारायणहिटी दरबार घेराउ कार्यक्रममा सहभागी हुन सबैमा आह्वान गरे ।

यसैगरी, शाही युवाशक्ति नेपालका नेता तथा काभ्रेका कोषाध्यक्ष मदनराज थापाले अहिलेका नेता र दलले जनतालाई विखण्डन गरेर खाल्डोमा हालेको टिप्पणी गरेका छन् । उनले आगामी निर्वाचनमा जनताहरुले अहिलेका नेताहरुलाई पाखा लगाउन सकेमात्र मुलुकको हित हुने बताए । थापाले आगामी निर्वाचनमा अहिलेका नेताहरुलाई मत नदिन देशभरका मतदातालाई आग्रहसमेत गरे ।