२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपमा नेदरल्यान्ड्समाथि श्रीलंकाको जित



अ+ अ-

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा श्रीलंकाले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गराएको छ ।

सिमोन्ड स्टेडियममा जारी खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । तर नेदरल्यान्ड्सले भने निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन मात्र बनाउ सक्यो ।

नेदरल्यान्ड्सका ओपनर ब्याटर म्याक्स ओडाउडले नट आउट ७१ रन बनाए । उनले ४० बलमा ५ चौका र १ छक्का हाने । कप्तान स्कट इड्वार्डसले २१ तथा टोम कोपरले १६ रन बनाए । यस्तै बास डि लेडे १४ रनमा आउट भए । श्रीलंकाका वानिन्डु डी सिल्भाले ३ विकेट र महेश थक्सानाले २ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । श्रीलंकाका ओपनर ब्याटर कुसल मेन्डिसले ७९ रन बनाए । उनले ४४ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका हुन् । चरिथ आशलंकाले ३ चौका सहित ३१ रन बनाए । नेदरल्यान्ड्सका लागि पल भान र लेडेले समान २ विकेट लिए ।

जितसँगैै समुह एकको अंक तालिकामा श्रीलंका शीर्ष स्थानमा उक्लिएको छ ।