२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक बस्दै ,एमाले संसदीय दलका नेता ओलीले संसदमा सम्बोधन गर्ने



अ+ अ-

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्बप्रधानमन्त्री केपी शर्मा ओलीले आज  प्रतिनिधिसभाको बैठकमा  सम्बोधन गर्नुहुने र्भको छ । । प्रतिनिधिसभा पुनर्स्थापनापछि ओली संसदमा आफ्नो धारणा राख्न्नु भएको छैन ।  

उहाँ प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत लिने समयमा मात्र उपस्थित हुनु भएको थियो त्यस पछि संसद बैठकमा उपस्थित हुनु भएको छैन ।  

साउन ३ गते प्रधानमन्त्री  देउवाले विश्वासको मत लिंदा एमालेबाट तर्फ बाट प्रदीप ज्ञवालीले बोल्नु भएको थियो भने देउवा निर्बाचन भएपछि बधाई तथा शुभकामना दिने समयमा एमाले संसदीयदलका उपनेता सुवास नेवाङ्गले बोल्नु भएको थियो । प्रतिनिधिसभा बैठक दिउँसो एक बजे बस्दैछ ।