२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ कालिकाको असोज महिनाको भेटी रु ३५ लाख



फाईल फोटो
अ+ अ-

बलेवा । बागलुङ भगवती गुठी व्यवस्थापन समितिले असोज महिनाभरी कालिका मन्दिरमा चढेको भेटी सार्वजनिक गरेको छ । गुठी व्यवस्थापन समितिले मङ्गलबार पत्रकार सम्मेलन गरि असोज महिनाभर कालिका मन्दिरमा रु ३५ लाख ३७ हजार आठ सय ४९ भेटी सङ्कलन भएको जानकारी दिइएको छ । आम्दानीबाट गुठीले विभिन्न शीर्षकमा रु १९ लाख ४० हजार ६ सय ६० खर्च भएको जनाएको छ ।

गुठीका अध्यक्ष कुमार खड्काले दिएको जानकारी अनुसार तलबका लागि रु पाँच लाख दुई हजार, बिद्युत महशुलमा रु १८ हजार अतिथि सत्कारमा रु १४ हजार, आर्थिक दान रु १० हजार, पूर्वाधार निर्माणमा रु १२ लाख आठ हजार, खाद्यान्न तथा आवासमा रु ४४ हजार पाँच सय, मर्मत सम्हारमा रु १४ हजार सात सय ४३ तथा सांस्कृतिक कार्यक्रममा रु एक लाख २२ हजार पाँच सय खर्च भएको छ । अन्य खर्चमा रु ६ हजार देखाइएको छ ।

आम्दानीतर्फ भेटीमा मात्रै रु १९ लाख २२ हजार सङ्कलन भएको हो भने चामल बिक्रिबाट रु ८५ हजार, बोकाको टाउकोबाट रु दुई लाख १३ हजार, कुखुराबाट रु १७ हजार, राँगोबाट रु पाँच हजार आठ सय र घरभाडाबाट रु तीन लाख ८२ हजार सङ्कलन भएको हो । विवाह गरेको रु १३ हजार, आर्थिक सहयोगबाट रु एक लाख ७६ हजार तथा परेवाबाट रु ६ लाख ७६ हजार सङ्कलन भएको बताइएको छ ।

असोज महिनाभरमा भक्तजनले चाँदीको औँठी एक थान, चाँदीको सिक्का एक थान, चाँदीकै घोडा एक थान र सुनको टीका दुई थान भेटी चढाएका थिए । त्यस्तै चाँदीको पाउजु दुई जोर, सुनको मुन्द्रा एक वटा, सुनको तिलहरी एक तथा सुनको टुक्रा एक र चाँदीको ताज एक वटा अन्दाजी पाँच तोलाको चढाएको जानकारी गराइएको छ ।