९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

काँग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

काँग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो । संयोजकसहित ७ वटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको समितिका सदस्य समेत रहनु भएका काँग्रेस नेता आनन्दप्रसाद ढुंगानाले जानकारी दिनु भयो ।

बैठकमा समितिका सदस्यहरुले सबै क्षेत्रमा उम्मेदवारी नदिएकाले समानुपातिकतर्फको मत घटन सक्ने उल्लेख गर्दै त्यसमा विशेष ध्यान दिएर निर्वाचन परिचालनको काम गर्नुपर्ने सुझाव दिएका थिए । त्यसैगरी बैठकमा पार्टीको चुनावी घोषणा पत्र आएपछि त्यसको प्रचारको कामलाई प्रभावकारी बनाउन पनि लागि गर्ने धारणा समितिका सदस्यहरुबाट आएको नेता ढुंगानाले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘केन्द्रिय निर्वाचन परिचालन समिति छ । त्यहीँ समितिको बैठक बसेको हो । त्यो बैठकमा करिव २१ जनाले आ–आफ्ना सुझावहरु दिनु भयो । त्यही सुझावको आधारमा काम गर्छौं । खासगरी ७ वटै प्रदेशमा संयोजक तोक्नुपर्ने सुझाव छ । त्यसपछि परिचालनका लागि मेनेफेष्टको कुरा छ । त्यसपछि विभिन्न निर्वाचन क्षेत्र भित्र कसरी काम गर्ने भन्ने छ । त्यस्तै नेपाली काँग्रेस अहिले गठबन्धनमा छ ।

गठबन्धनको परिस्थितिमा हामीले ९१ सिट मात्रै पाएका छौं । त्यसले गर्दा समानुपातिकमा भोट घटन सक्छ । त्यसलाई कसरी म्यानेज गर्ने ? यी सब कुराहरुमा छलफल गरियो । अव जति पनि सुझावहरु आएका छन । ती सबै सुझावहरुलाई समेटेर यस समितिको कामलाई व्यवस्थापन गर्छौं ।’

पार्टीको आन्तरिक निर्वाचन परिचालनको कामलाई प्रभावकारी बनाउनका लागि नेता गोपालमान श्रेष्ठ नेतृत्वमा काँग्रेसले ११० सदस्यीय केन्द्रिय निर्वाचन परिचालन समिति गठन गरेको छ । सत्तारुढ गठबन्धनले यस अघिनै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचन परिचालन समितिको संयोजक तोकिसकेको छ ।