१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीका एमाले सांसदको रिट ‘हेर्न नभ्याइने’मा पर्‍यो



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि मंगलबार सुनुवाइ हुन सकेको छैन ।

उक्त रिट ‘हेर्न नभ्याइने’मा परेसँगै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न भोलि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन नरोकिने भएको छ ।

प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्ध नेकपा एमालेका सांसद लीला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिट मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा राखिएको थियो ।